प्रधानमन्त्री ओलीलाई पुर्व प्रधानमन्त्री भट्टराईको शुभकामना, के छ शुभकामनामा?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत लिने बेलामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई संसदमै मुख देखाएनन् । कारण उनी विदेश भ्रमणमा छन् ।

संगठन विस्तारका लागि इण्डोनेशिया गएका भट्टराईले आज मात्रै ट्वीट मार्फत ओलीलाई बधाइ सन्देश पठाएका हुन् । अत्यधिक मत सहित संसदमा विश्वासको मत पाएका प्रधानमन्त्री ओलीलाई भट्टराईले भ्रष्टाचार र पुरातान पूँजीबाद अन्त्य गर्दै समावेशी समृद्धि हासिल गर्न शुुभकामना पनि दिएका छन् ।

उनले आफु प्रतिपक्षमा बस्ने र असल कामको लागि तालि बजाउँछु, खराम काम गरे गाली गर्छु पनि भनेका छन् । आफु नेपालमै भएको भए आलीलाई भोट हाल्ने नहाल्नेबारे चाहिँ उनले केही भनेका छैनन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up