नेपालको चौथो विकेट गयो, रोेहित जम्नै सकेनन् :विश्वकप क्रिकेट छनोट

फागुन २६ – विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

चौथो विकेटका रुपमा रोहितकुमार पौडेल एक रनमै आउट भएका हुन् । मोहम्मद नाबीको बलमा शराफउद्दीन अश्रफले पौडेललाई क्याच आउट गरेका हुन् ।

यसअघि पारस खड्का तेस्रो विकेटका रुपमा आउट भएका थिए । पारसले ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।

दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् ।

नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साहलाई चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानले एलबीडब्ल्यू आउट गरेका हुन् ।

३५ अाेभरकाे समाप्तिमा नेपालले ४ विकेट गुमाएर १३९ रन बनाएकाे छ । अहिले दिपेन्द्रसिंह एेरी ३१ बलमा २६ रन बनाएर खेलिरहेका छन् भने अारिफ शेख १ रन बनाएर खेलिरहेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up