गत वर्ष नेपालमा भूकम्प आउँदा आधा रातमा उठेर बसेकी थिइन् ३० वर्षीया स्पेनी महिला

एजेन्सी । के तपाइँले यस्तो अद्भुत क्षमता भएकी एक महिलाको बारेमा सुन्नुभएको छ, जसले सबैभन्दा पहिले भूकम्प आएको जानकारी पाउँछिन् । चाहे दुनियाको जुनसुकै कुनामा भूकम्पले किन नहल्लाओस्, सबैभन्दा पहिले उनले नै थाहा पाउँछिन् ।

स्पेनकी ३० वर्षीया मून रिबास नामकी महिलामा मेसिनले भन्दा छिटो भूकम्पको धक्का थाहा पाउने क्षमता छ।

तर दुनियाको कुनाकाप्चा समेतमा भूकम्प आउने कुरा थाहा पाउने क्षमता उनको जन्मजात वा इश्वरीय क्षमता चाहीँ होइन ।

वास्तवमा उनको हातमा एउटा यस्तो चिप प्रत्यारोपण गरिएको छ, जसले विश्वभरको भूकम्पको मापन गरेर जानकारी दिनसक्छ । यसलाई सेस्मिक कम्प्युटर चिप भनिन्छ ।
दुनियाका जुनसुकै ठाउँमा भूकम्प जाँदा पनि उनको हातको उक्त चिपमा कम्पन हुन्छ ।

जुनसुकै भूकम्पको जानकारी पाउने भएकाले उनलाई सायबर्ग वुमन भनेर चिनिन्छ । हातको चिप मार्फत भुकम्पको जानकारी पाउने बित्तिकै उनले आफ्नो आइफोनको एपमा भूकम्पको केन्द्र तथा त्यसको तिव्रताको आँकडा खोजिहाल्छिन् ।

यी युवती पेशाले नर्तकी हुन् । यदि नाचिरहेको बेलामा भूकम्प आएमा उनले विशेष खालको अभिनय नृत्यबाटै दर्शकहरुलाई भूकम्पको जानकारी दिन्छिन् । गत वर्ष नेपालमा भूकम्प आउँदा उनी आधा रातमा उठेर बसेकी थिइन् ।

उनको हातको चिप्सकै कारण उनले टेलिभिजन वा रेडियोले भन्दा छिटो भूकम्पका बारेमा जानकारी प्राप्त गरी सूचना प्रवाह गर्न सक्दछिन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up