नेपाली विद्यार्थीको आविष्कार: रुख र लहराबाट बिजुली उत्पादन

काठमाडौं। विद्यार्थीले निकाले रुख र लहराबाट बिजुली रुकुम । लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना विद्यार्थीहरुले रुखबाट विद्युत निकालेका छन्। मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा पढिरहेका विद्यार्थीहरुले गुनामौरा नामक रुख र उक्त रुखमा रहेको लहराबाट विद्युत निकालेका छन्।

मुसीकोट नगरपालिका ५ शेरि गाउँमा रहेका रुख र लहराबाट १९ भोल्टको बिद्युत निकालिएको बिद्यार्थीले जनाए ।अघिल्लो वर्ष स्याउँ र आलुबाट विद्युत निकालिएका र यो वर्ष रुखबाट विद्युत निकालिएको थिए । बिद्यार्थीका अनुसार, तामा र फलामको प्रयोग गरी विद्युत निकालियो ।

रुखबाट विद्युत निकाल्न सकिने कुरा कतैपनि नसुनेका विद्यार्थीले परिक्षण गर्दै जादा विद्युत निकाल्न सफल भएका हुन् ।रुखबाट फलेको फलबाट विद्युत निकाल्न सकिन्छ भने रुखबाट निकाल्न सकिन्छ कि नाई भनेर परिक्षण गर्दै जादा विद्युत निकाल्न सफल भएको प्रालिका कार्यकारी निर्देशक भुवन नाथ जलनले बताए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up