पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल आउँदै

काठमाडौं । चीनले नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषणको तयारी थालेको छ । आगामी मार्चमा चिनियाँ विज्ञको टोली नेपाल आउने तय भएको हो ।

खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार टोलीमा नेसनल चाइना पेट्रोलियम कर्पोरेसन (एनसीपीसी) का विज्ञहरु सम्मिलित रहनेछन् । पेट्रोल अन्वेषण र उत्खनन् गर्ने विश्वकै अग्रणी संस्था हो ।

विभिन्न क्षेत्रमा तेल र ग्यासको उत्खनन् सम्भाव्यताबारे चिनियाँ टोलीले अनुसन्धान गर्नेछ । यसअघि वैशाख ०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up