गिरिजाबाबु र मैले नोवेल पुरस्कार पाउँनु पर्थ्यो पश्चिमाहरुले गरिव देश भनेर हेपे -प्रचण्ड (भिडियो)

नयाँबाटो, सबै कम्युनिस्टहरू मिलेर अघि बढेमात्र समाजवाद स्थापना गर्न सकिने भन्दै प्रचण्डले व्यवहारद्वारा आफ्नो कित्ता स्पष्ट गर्न वैद्य र विप्लवलाई आग्रह गरे। ‘हामी सबै एक ठाउँमा केन्द्रित भयौँ भने समृद्धि र समाजवाद एकसाथ अगाडि बढाउन सक्ने असाधारण परिस्थिति नेपालमा छ’, उनले भने, ‘यसलाई भत्काउन संसारभरका साम्राज्यवादी र प्रतिक्रियावदी लागेका छन्। तपाईँहरू साम्राज्यवाद/प्रतिक्रियावादको पक्षमा कि जनताको पक्षमा ? तपाईँको व्यवहारद्वारा टुंगिने कुरा हो।’

गिरिजाबाबु र मैले नोवेल पुरस्कार पाउँनु पर्थ्यो पश्चिमाहरुले गरिव देश भनेर हेपे -प्रचण्ड (भिडियो)

एउटै केन्द्रमा एकीकृत हुने अवसरहरू सधैँ नआउने भन्दै प्रचण्डले यसलाई गुम्न नदिन आग्रह गरे।

‘नेतृत्वको अवसर नगुमाऔँ’

वाम एकता प्रक्रियालाई ‘महान अभियान’ को संज्ञा दिएका प्रचण्डले त्यसको नेतृत्व गर्ने अवसर आफूलाई प्राप्त भएको बताए। एमाले र माओवादी केन्द्रको एकता नेतृत्व व्यवस्थापनमा कुरा नमिलेर अड्किरहेका बेला प्रचण्डले नेतृत्वको अवसर आएको भन्दै त्यसमा पटक पटक जोड दिए।

‘नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त छ, हामीलाई’, प्रचण्डले भने, ‘नेतृत्व भन्ने कुरा मलाई दिनपर्छ भनेर पाइने होइन। आफ्नो सक्रियता, क्षमता, त्याग, तपस्याद्वारा लिनुपर्ने कुरा हो।’

जनयुद्ध, त्यसको जगमा जनआन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, हालै भएका तीन तहका निर्वाचन, माओवादीले अघि सारेको वाम गठबन्धन र पार्टी एकताको प्रस्तावका कारण नेतृत्वको अवसर प्राप्त भएको प्रचण्डको भनाई थियो। ‘यो अवसर गुम्न नदिउँ’ प्रचण्डले भने, ‘एउटा ग्रेट डिबेट (महान बहस) बाट मात्रै ग्रेट रिभोलुसन (महान क्रान्ति) को जन्म हुन्छ। बहसबाट भागेर दुनियामा क्रान्ति कहीँ पनि अगाडि बढेको छैन।’

२०५२ फागुन १ गते सशस्त्र युद्धको घोषणा गरेको दिनको सम्झनामा माओवादीले आजको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाउने गरेको छ। २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएसँगै माओवादीको सशस्त्र युद्ध अन्त्य भएको थियो।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up