बिस्व क्रिकेट इतिहासमा थपियो अर्को दुर्लभ रेकर्ड, यस्तो थियो विश्वासै नलाग्ने संयोग एक पटक पढ्नुहोस

काठमाडौं। यही साता भएका दुई वन डे इन्टरनेशनल क्रिकेट खेलमा इतिहासकै आश्चर्यजनक र दुर्लभ रेकर्ड बनेको छ । यो विचित्रको संयोग गत शुक्रबार फेब्रुअरी ९ र हिजो फेब्रुअरी ११ तारिखमा भएका दुई खेलमा बनेको हो । जिम्बाब्बे र अफगानिस्तानबीच भइरहेको वन डे सिरिजको पहिलो र दोस्रो खेलमा यस्तो अनौठो संयोग बनेपछि क्रिकेट इतिहासमै एउटा आश्चर्यजनक संयोगको रुपमा यो घटना दर्ता भएको छ ।

यी दुई देशबीच पहिलो वन डे शुक्रबार युएइको शारजहाँमा खेलिएको थियो । खेलमा अफगानिस्तानले टस जित्यो र पहिले ब्याटिङको फैसला गर्यो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै ५० ओभर खेल्यो । ५० ओभरमा अफगानिस्तानले ५ विकेट गुमायो र ३३३ रन बनायो । ३३४ रनको लक्ष्य पच्छ्याएको जिम्बाब्बेले अलआउट हुँदा १७९ रन मात्र बनाउन सक्यो, अफगानिस्तानले १५४ रनले खेल जित्यो ।
वन डे सिरिजको दोस्रो खेल हिजो आइतबार भयो । यी दुई टिमबीचको आइतबारको खेल पनि संयोगले त्यही रंगशालामा खेलिँदै थियो । टस भयो र यसपटक जिम्बाब्बेले टस जित्यो, त्यसपछि सुरु भयो आश्चर्यजनक संयोगको सिलसिला । खेलको पहिलो इनिङ अघिल्लो खेलजस्तै भयो । यो खेलमा पहिले ब्याटिङ गरेको जिम्बाब्बेले पनि ५० ओभरमा ३३३ रन नै बनायो । आश्चर्यजनक संयोग त के भने ३३३ रनको योगफल तयार पार्दा ५ विकेट नै गुमाएको थियो ।

अफगानिस्तानले ३३४ रनकै लक्ष्य पायो र जवाफी ब्याटिङमा उत्रियो । आश्चर्यजनक संयोगको सिलसिला यत्तिमै रोकिएन । लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान पनि १७९ रन बनाउँदा नै अलआउट भयो र जिम्बाब्बेले १५४ रनले नै खेल जित्यो । समान दुई टिमबीच लगातार भएका दुई खेलमा यस्तो संयोग यसअघि कहिल्यै परेको थिएन । यी दुई खेलमा अफगानिस्तानको टिममा कुनै फेरबदल गरिएको थिएन । दुवै खेलमा ११ जना खेलाडी समान थिए । जिम्बाब्बेले भने एक जना खेलाडी परिवर्तन गरेको थियो । पहिलो वन डे खेलेका बलर टेन्डी चटारा दोस्रो खेलमा थिएनन् । उनको ठाउँमा अर्का खेलाडी ब्लेसिङ मुजराबानी खेलेका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up