विदेशबाट आउँनेहरुका ब्याग बाट सामान चोर्दै विमानस्थलका चोरहरु भिडियो हेरौँ र सबैले सेयर गरौँ

नयाँबाटो, काठमाडौं– यात्रुको लगेज चोरी गर्दागर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तीन कर्मचारीहरु रंगेहात पक्राउ परेका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले बेलुका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बिमल केसी, बिक्रम लामा, बिर्खराज बिक छन्। उनीहरु विमानस्थलमा लोडरका रुपमा काम गर्ने कर्मचारी भएको एसपी गणेश चन्दले बताए।

प्रहरीले उनीहरुलाई चोरी मुद्दामा कारबाही अघि बढाएको छ। उनीहरुले तीन वटा लगेज फुटाएर चोरी गरेका थिए । चार महिनाअघि पनि दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो। कर्मचारीहरुले नै चोरी गर्ने भएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ। विमानस्थलमा पटक-पटक यात्रुको लगेज चोरी हुने गरेको छ ।

विदेशबाट आउँनेहरुका ब्याग बाट सामान चोर्दै विमानस्थलका चोरहरु, भिडियो:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up