आजिवन अविवाहित भनिएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थुप्रै कर्लगर्लसँग रात बिताएको खुलासा गरे!

‘यो विवाह र परिवारजस्ता संस्थासँग म सहमत छैन,’ प्रदीप गिरीले भने, ‘यी निजी सम्पत्तिको उदयसँगै आएका संस्था हुन् । तिनको अन्त्यसँगै यिनको पनि अन्त्य हुन्छ ।’ गिरीले झट्टै माओवादी नेता स्वनाम साथीलाई सम्झाइदिए, जुन अविवाहित नेताले ‘कम्युनिस्टको बिहे हुँदैन’ भनेका थिए । यसपालि एकजना गैरकम्युनिस्ट नेता पनि विवाह संस्थाप्रति असहमत देखिए ।

आखिर के फरक छ विवाह र प्रेममा ? ‘विवाह र प्रेमबीच कुनै सम्बन्ध नै छैन र हुनु पनि हुँदैन,’ गिरीले जोडदार रूपमा आफ्नो परिभाषा पेस गरे, ‘विवाह सामाजिक करार हो, प्रेम हृदयको व्यापार हो । विवाहको सम्बन्ध त निजी सम्पत्तिसँग छ । त्यही निजी सम्पत्तिले नै यो परिवार र विवाहको उत्पत्ति गराएको हो ।’ उनले विवाह नै खत्तम संस्था भएको ठोकुवा गरे र विवाह सम्बन्धलाई आधार मानेर नै मान्छे संयमित र नियन्त्रित हुन बाध्य छ भने । उदारहण दिँदै उनले थपे, ‘बाहिर अरू युवती देख्दा पुरुषको मन चञ्चल हुन्छ । घरकी श्रीमतीले थाहा पाउँछे कि भनेर मात्रै ऊ डराउँछ । मान्छे मोनोगामस (एउटै मात्र पति या पत्नीसँग जीवन बिताउने) होइन, स्वभावैले पोलिगामस (बहुविवाह गर्न रुचाउने) प्राणी हो ।’

प्रदीप गिरी कांग्रेसका एकजना बौद्धिक नेता हुन् । उनी निरन्तर लेखपढ गरिरहन्छन्, अलि भिन्दै जीवनशैली बाँच्छन् । र, कांग्रेस भईकन पनि कम्युनिस्ट सिद्धान्त र दर्शनप्रति गहिरो रुचिसाथ विमर्शमा सहभागी भइरहन्छन् । दार्शनिक चेतनासम्पन्न यी नेता आफूलाई उच्चकोटीको प्रेमी ठान्छन् । प्रेमलाई उनी सम्बन्ध मान्दैनन्, स्वभाव हो भन्छन्– ओशोले झैं । आफूले प्रेम गरेका व्यक्तिलाई उनी कहिल्यै आलोचना गर्दैनन्, आदर र सम्मान गर्छन् । आफ्ना प्रेमिकाहरूप्रति उनको कुनै किसिमको इश्र्या र प्रतिशोध हुँदैन । प्रेमिकाले अरू कुनै पुरुषलाई मन पराउँछिन् भने आफैंले ऊसँग भेटाइदिन चाहन्छन् । ‘प्रेमिकालाई जे मन पर्छ, त्यो उपलब्ध गराइदिँदा मलाई खुसी लाग्छ,’ उनले भने, ‘मान्छे प्रेमिकालाई आफ्ना गाईबस्तु, भेडाबाख्रा वा गाडीजस्तो ठान्छन् । मेरा लागि मेरा प्रेमिका वा पत्नी सम्पत्ति वा वस्तु होइनन्, छुट्टै व्यक्ति हुन् ।’

प्रदिप गिरि
प्रेम स्वतन्त्रताको अर्को नाम हो, गिरी यसै भन्छन् । उनका अनुसार प्रेम सुरु हुन्छ छनोटबाट, छनोट सुरु हुन्छ स्वतन्त्रताबाट । त्यसबारे उनले भने, ‘जुन सम्बन्धमा तपाईंको स्वतन्त्रता नष्ट हुन्छ, त्यो प्रेम हुँदैन । तपाईं कुनै महिलासँग दाम्पत्य जीवनमा बाँधिनुभएको छ भने त्यो प्रेम होइन । त्यहाँ स्वतन्त्रता हुँदैन । स्वतन्त्र हुन रोमान्टिक र उच्छृंखल हुनुपर्छ तर मान्छेको रोमान्टिक चाहनालाई विवाहले बाँध्छ । विवाहको आदर्श राम हुन्, प्रेमको आदर्श कृष्ण । मलाई राम रुन्चे लाग्छ, कृष्ण प्रफुल्ल । मेरो प्रेमको आदर्श पनि कृष्ण हुन् ।’

मान्छे जन्मँदैमा र हुर्कंदैमा प्रेम गर्न जान्दैन, प्रेम गर्न जान्न एउटा प्रक्रिया पार गर्नुपर्छ । हुर्कंदै गर्दा केही थाहा हुन्छ भने त्यो सेक्स हो, आफैं केही हुन्छ भने त्यो वासना हो । प्रेम आफैं हुँदैन । प्रेम भनेको त व्यक्तिको वास्तविकताबाट उठेर व्यक्तित्वमा हुने रूपान्तरण हो । प्रेममय मान्छे कस्तो हुन्छ भन्न गाह्रो हुन्छ, प्रेमविहीन मान्छे कस्तो हुन्छ, बरु चिन्न सजिलो छ ।

कृष्णलाई नै प्रेमको आदर्श मान्नुको खास कारण हो– उनको बन्धनमुक्त जीवनशैली अर्थात् प्रेममा फुक्काफाल । ‘अहिलेसम्म आदर्श प्रेमी भनेर व्याख्या गरिएका लैला–मजनु, रोमियो–जुलियट, राम–सीता आदि सबैको प्रेममा तत्कालीन सामाजिक बन्धनमा बाँधिएको अन्तरकथा छ । तर, राधाकृष्णमा त्यस्तो कुनै बन्धन थिएन । उनीहरूको वियोग पनि स्वेच्छाको वियोग थियो । स्वेच्छाले उनीहरू आ–आफ्नो बाटो लागे, कसैले रोकेन,’ गिरीले भने, ‘प्रेममा दैहिक उपस्थिति वा अनुपस्थिति अर्थहीन हुन्छ । देह अलग हुँदा पनि प्रेम अलग हुँदैन, ज्यान छुट्टिएर बस्दा पनि नछुट्टने प्रेम नै महान् प्रेम हो ।’ गिरीलाई लाग्छ, प्रेमको दैवीय स्वरूप यदि कहीं छ भने त्यो कृष्णमै छ ।

गिरीको परिभाषामा स्त्री–पुरुषको सम्बन्धमात्रै प्रेम हैन । उनलाई लाग्छ, जब पति–पत्नी साथी बन्छन् र आपसमा मित्रताको सम्बन्ध हुन्छ, तबमात्रै त्यहाँ प्रेम हुन्छ । मान्छेले सिनेमा वा उपन्यासमा प्रेम खोज्ने गल्ती गर्छन् । तारा झार्ने झुटो कसम खान्छन् । गिरीलाई भने प्रेम नाप्न, तौलन, हेर्न सकिने कुरा हो भन्ने लाग्दैन, न यसको वैज्ञानिक व्याख्या नै सम्भव छ । ‘प्रेम त्यस्तो बिन्दु हो, जसको कुनै लम्बाइ, चौडाइ नाप्न सकिन्न,’ उनले भने, ‘प्रेम र जीवनको अर्थ अलग–अलग हुँदैन, प्रेमलाई पूर्णतामा बाँध्नु जीवनलाई पूर्णतामा बाँध्नु हो भने जीवनलाई पूर्णतामा बाँध्नु प्रेमलाई पूर्णतामा बाँध्नु ।’ उनको दृष्टिमा राम्रो प्रेमी हिंसा, घृणा, इश्र्या, मोह र रोगबाट मुक्त हुन्छ । प्रेमलाई सेक्ससँग जोड्नु पनि उनलाई सबैभन्दा गलत लाग्छ । भने, ‘यी सँगै जान सक्छन् तर एक–अर्काका पर्याय होइनन् ।’

हाम्रो समाजमा प्रेमलाई विवाह संस्था र यौन–सम्बन्धको पर्याय ठानेर यसको विकृत परिभाषा दिने गरिएको छ, जसको ठूलो सिकार महिला भएका छन् । गिरीलाई लाग्छ, ‘प्रेममा परेर घरबार छाडेर विद्रोह गर्ने वा विवाह नै नगर्ने महिलाहरू अत्यन्तै उदार चरित्रका हुन्छन् ।’ तर, प्रेम र मानवीय सम्बन्धलाई हेर्ने समाजको दृष्टिकोण गलत छ । उनले भने, ‘प्रेम कहिल्यै गलत हुँदैन, असत्य हुँदैन । यो समाजको मूलमै असत्य छ । त्यसैले सच्चा प्रेम विद्रोही देखिन्छ । समाजले चरित्रहीन वा विपथगामी भनेका महिला वा पुरुषमा मैले महान् आत्माको दर्शन गरेको छु । समाज प्रेम होइन बन्धन चाहन्छ र बन्धनलाई प्रोत्साहन दिन्छ ।’ समाजले जसलाई लाञ्छना लगाउँछ, गिरी उनीहरूमा महानता भेट्टाउँछन् । भने, ‘पाठकले पनि पक्कै आफूवरिपरि हेर्दा थाहा पाउनुहुनेछ, सबै लाञ्छित पात्रमा महान् गुणहरू हुन्छन् ।’

गिरीले साँचो अर्थमा महान् मानेका प्रेमीहरू पनि फरकखालका छन्– गान्धी, अब्राहम लिंकन, कृष्णप्रसाद भट्टराई । भट्टराईबारे उनले भने, ‘एकपटक जेलमा छँदा मैले उहाँलाई सोधें– कति स्त्रीसँग तपाईंको सम्बन्ध भयो ? उहाँले भन्नुभयो, ‘धेरैसँग पो भयो त, म सभामुख छँदा थुप्रै कर्लगर्लसँग पनि गएको छु ।’ किसुनजीले वेश्यागमनको सौन्दर्यात्मक पक्षबारे मलाई बताउनुभयो । उहाँले उनीहरूलाई वेश्याका रूपमा नमानेर प्रेमिकाका रूपमा सम्मान गर्नुभयो । मलाई लाग्यो, प्रेम सम्मानको अर्को नाम हो । अहिले पनि उहाँ आफ्ना बदनाम प्रेमिकाका बारेमा अत्यन्त सम्मानपूर्ण सम्बोधन गर्नुहुन्छ । जुन वेश्याकहाँ उहाँ जानुहुन्थ्यो, पछि लगातार एउटै कहाँ पनि जानुहुन्थ्यो ।’

‘किसुनजीले व्यक्तिगत सम्बन्ध र प्रेमिकाबारे सार्वजनिक रूपमा बोल्न कहिल्यै रुचाउनुभएन । तर, उहाँको सम्पूर्ण स्वभावमा, उहाँको ठट्टा, निसंगता, वैराग्य, हाँसो हेर्नोस्– कुनै कुण्ठा भएको मान्छे त्यस्तो ठट्टा र रमाइलो गर्न सक्छ ? किसुनजी वेश्यासँग जानुहुन्थ्यो र उनीहरूलाई सम्मान गर्नुहुन्थ्यो । कार्यकर्तालाई सम्मान गर्नुहुन्थ्यो र छोराछोरीलाई जस्तै माया गर्नुहुन्थ्यो । तर, अहिलेका नेताहरू कार्यकर्तालाई सम्मान गर्दैनन्, साधनमात्रै बनाउँछन् । वास्तविक अर्थमा प्रेमी नभएकाले नै उनीहरूले समाजमा हिंसा र पाखण्डलाई प्रोत्साहन दिएका छन् । सत्ताभोगीले अलिकति प्रेम गरे, अलिकति उपन्यास पढे, अलिकति कविता पढे, अलिकति संगीत सुने हाम्रो राजनीति सुध्रिने थियो ।’

‘किसुनजी महान् प्रेमी हो । एकपटक जेलमा छँदा मैले किसुनजीलाई सोधें– कति स्त्रीसँग तपाईंको सम्बन्ध भयो ? ‘धेरैसँग पो भयो त, म सभामुख छँदा थुप्रै कर्लगर्लसँग पनि गएको छु,’ किसुनजीले वेश्यागमनको सौन्दर्यात्मक पक्षबारे मलाई भन्नुभयो । उहाँले उनीहरूलाई वेश्याका रूपमा नमानेर प्रेमिकाका रूपमा सम्मान गर्नुभयो । मलाई लाग्यो– प्रेम सम्मानको अर्को नाम हो ।

प्रेम मूलतः सिर्जनात्मक हुन्छ, यो गिरीकै तर्क हो । प्रेम प्रेममात्रै होइन, यसलाई सिर्जनात्मकतासँग जोडिएन भने त्यो बिस्तारै सड्न थाल्छ, यो पनि उनकै तर्क हो । गिरीका अनुसार एक चरणपछि प्रेमले प्रेमको उदात्तीकरण छुनैपर्छ र आफूभन्दा माथि उठ्नैपर्छ । राजनीति पनि प्रेमकै अभिव्यक्ति भएको ठान्छन् उनी । ‘समाज बदल्न हिँडेकाहरू समाजलाई नै प्रेम गर्छन्,’ उनले भने, ‘क्रान्ति गर्नेहरू सबैभन्दा बढी प्रेमी हुनुपर्छ । संसारका सच्चा क्रान्तिकारीहरू सच्चा प्रेमीहरू हुन् ।’

कृष्णप्रसाद भट्टराई
प्रेमले कुनै धर्म वा पेसासँग सम्बन्ध राख्दैन । व्यस्त कारोबारी पनि असल प्रेमी हुन सक्छ । प्रेम मस्तिष्कसँग भन्दा हृदयसँग जोडिन्छ । तर, महिला र पुरुषबीच समाजले फरक–फरक प्रवृत्ति सिकाउँछ । ‘हाम्रो समाजले घरपरिवारमा बाँधिएका सामान्य महिलालाई ज्यादातर स्वार्थी र आत्मकेन्द्री बनाउन सिकाउँछ,’ उनले भने, ‘तर, त्यहीं कति महिला आदर्शप्रेमी हुन्छन् । पुरुषभन्दा महिलामा नै कैयौं गुणा बढी प्रेम हुन्छ । प्रत्येक किसिमको प्रेममा पुरुषभन्दा महिला बढी प्रफुल्लित हुन्छन् । यो मेरो अनुभव हो । सेक्समा पनि यदि प्रेम छ भने महिलाले बढी आनन्द प्राप्त गर्छन् भन्ने मेरो विश्वास छ । प्रेममा परेपछि प्रत्येक पुरुष डराउन थाल्छ, स्त्रीचाहिँ बलवान् र निडर हुन थाल्छे । पुरुष तर्सन थाल्छ, स्त्री खतरा मोल्न तयार हुन्छे । प्रेम हुनासाथ पुरुषमा स्त्रीका र स्त्रीमा पुरुषका गुण तथा स्वभाव साटिन थाल्छन् । अधिकांश प्रेम गर्ने महिलाले साहसिक निर्णय गरेका छन् ।’

प्रेम सबै रोगको उपचार हो, गिरी यस्तै ठान्छन् । उनका शब्दमा यसलाई सेक्ससँग जोड्नु महामूर्खता हो । मान्छे जन्मँदैमा र हुर्कंदैमा प्रेम गर्न जान्दैन, प्रेम गर्न जान्न एउटा प्रक्रिया पार गर्नुपर्छ– उनी यसै भन्छन् । ‘हुर्कंदै गर्दा केही थाहा हुन्छ भने त्यो सेक्स हो, आफैं केही हुन्छ भने त्यो वासना हो,’ उनले भने, ‘प्रेम आफैं हुँदैन । प्रेम भनेको त व्यक्तिको वास्तविकताबाट उठेर व्यक्तित्वमा हुने रूपान्तरण हो । प्रेममय मान्छे कस्तो हुन्छ भन्न गाह्रो हुन्छ, प्रेमविहीन मान्छे कस्तो हुन्छ, बरु चिन्न सजिलो छ– क्रोधित, आक्रोशितलाई परैबाट चिनिन्छ ।’ उनले अहिलेका नेतालाई त्यस्तै प्रेमविहीन भनिदिए ।

कुराकानीक्रममा गिरीले आफ्ना ‘थुप्रै’ प्रेमिका भएको स्वीकारे । प्रेमबारे खुलेर कुरा गरे, दार्शनिक व्याख्या गरे । तर, आफ्नो प्रेममामिला र प्रेमिकाबारे उनी त्यति खुलेनन् । बरु यसो पो भने, ‘म मेरा प्रेमिकाबारे त्यति धेरै बोल्दिनँ । यसले मेरा वैधानिक/अवैधानिक पत्नी वा प्रेमिकाहरूलाई अप्ठ्यारो पर्न सक्छ । यति लेख्नूस्, मलाई स्त्रीबाट अशान्ति छैन । तर, यो पनि बुझ्नूस्– प्रेम भनेको महिलासितको गोप्यकार्यमात्रै हैन ।’ के कुनै दिन प्रदीप गिरीको प्रेमकहानी थाहा दिने सांगोपांगो आत्मकथा आउला ? जीवन जस्तो थियो÷छ, त्यस्तै चित्र आउनेगरी आत्मकथा कहिले लेख्ने ? ‘कसैले आत्मकथाको भूमिकामा लेखेको छ– म गान्धीजस्तो सत्य पनि लेख्न सक्तिनँ, नेहरूजस्तो झुट पनि । म पनि प्रेमका बारेमा आफ्नो उदाहरण दिन चाहन्न । किनभने म पनि न गान्धीजस्तो सत्य लेख्न सक्छु, न जवाहरलाल नेहरूले जस्तो झुट । म झुट बोल्न चाहन्नँ, सत्य बोल्ने हिम्मत पनि गर्दिनँ,’ उनले भने, ‘तसर्थ, म आफ्नाबारे आजै धेरै बोल्दिनँ ।’

यति भनिसकेर गिरीले २०/२१ वर्षको लक्का जवान हुँदाकी आफ्नी एउटी प्रेमिकाको प्रसंग झिके । प्रेमिका र उनी रिक्सामा चढेर कतै घुम्न जाँदै थिए । प्रेमिकाले रिक्सा रोकेर आइसक्रिम किनिन् र एक्लै खान थालिन् । रिक्सा अघि बढिरहेको थियो । केहीबेर पछि गिरीले ‘म पनि खान्छु’ भनेर प्रेमिकाले खाइरहेको आइसक्रिम मागे अनि फ्याँकिदिए । ‘त्यो मलाई असभ्य लाग्यो,’ उनले भने, ‘मैले जे ठीक ठान्छु, उसले त्यही गरोस् भन्ने लाग्थ्यो मलाई । पछि उनीसँग मेरो विछोड भयो । भगवान् मेरा दाहिना भए । किनभने वियोगपछिका मेरा वर्षहरू अत्यन्तै राम्रा भए । त्यही वियोग र वेदनाले मलाई प्रेमबारे सिकाए । अहिलेको मेरो प्रेममा इश्र्या, द्वेष र अधिकारबोध हुँदैन । प्रेमिकाले अरू कसैलाई प्रेम गर्छु भने पनि म गर गर भनिदिन्छु ।’

प्रेम स्वतन्त्रताको अर्को नाम हो । प्रेम सुरु हुन्छ छनोटबाट, छनोट सुरु हुन्छ स्वतन्त्रताबाट । जुन सम्बन्धमा तपाईंको स्वतन्त्रता नष्ट हुन्छ, त्यो प्रेम हुँदैन । तपाईं कुनै महिलासँग दाम्पत्य जीवनमा बाँधिनुभएको छ भने त्यो प्रेम होइन । त्यहाँ स्वतन्त्रता हुँदैन । स्वतन्त्र हुन रोमान्टिक र उच्छृंखल हुनुपर्छ तर मान्छेको रोमान्टिक चाहनालाई विवाहले बाँध्छ । विवाहको आदर्श राम हुन्, प्रेमको आदर्श कृष्ण । मलाई राम रुन्चे लाग्छ, कृष्ण प्रफुल्ल ।

अन्त्यमा, उनलाई सोधियो– प्रदीप गिरी कस्तो प्रेमी हो त ? गम्भीर भाकामा उनले भने, ‘मलाई यो स्वीकार्न कुनै हिच्किचाहट छैन कि म सामन्ती संस्कारको प्रेमविरोधी परिवेशमा हुर्किएँ । अहिले पनि म पूर्ण प्रेमी हुन सकेको छैन । पूर्ण प्रेमी हुनु भनेको सन्त हुनु हो, सन्त फ्रान्सिसजस्तै । ती सन्तको जिउमा घाउ भयो र कीरा पर्यो । अरूले कीरा निकालौं भन्दा उनले कीरालाई किन मार्ने भनेर सोधे । म उनको यो कथनसँग सहमत छु । मैले आफूलाई सक्दासम्म र बुझ्दासम्म प्रेमले परिष्कृत गर्ने कोसिस गरेको छु । यसर्थ प्रेम मेरो सन्दर्भबिन्दु भएको छ । म कस्तो प्रेमी भनेर आफैं भन्ने कुरा उठ्दैन तर एउटा कुरा अवश्य हो– अचेल म आफूमा द्वेष, घृणा वा प्रतिस्पर्धाको भावना पाउँदिनँ । मेरो विचारमा यस्ता भावनाको अनुपस्थित नै मैले प्रेमको क, ख, ग सिक्दै गरेको प्रमाण हो ।’

प्रस्तुति : संगीतश्रोता

नयाँ पत्रिकाबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up