एमाले माओवादी एकलौटी चुनाव लड्न जिल्ला विभाजन

काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सिट बाँडफाँडमा सहमति भएको छ । ३२ जिल्लाका ७४ प्रदेशसभा सिटमध्ये एमालेले ४१ सिट पाएको छ भने माओवादीले ३३ सिट पाएको छ ।

सहमतिअनुसार प्रतिनिधिसभातर्फ १७ जिल्लामा एमालेले एकलौटी चुनाव लड्नेछ । जसमा माओवादी केन्द्रले उम्मेदवार खडा नगरी सघाउने छ । यस्तै १२ जिल्लामा नेकपा माओवादी केन्द्रले एकलौटी रुपमा उम्मेदवार उठाउने छ भने ती जिल्लामा एमालेको समर्थन रहनेछ ।

यस्तै ३ जिल्ला दुई पार्टीले भागबण्डा गरेका छन् । भाडबण्डा गरिएका जिल्लाहरु मध्ये सिन्धुपाल्चोक–२, नुवाकोट–२ र बागलुङ–१ मा एमालेले आफ्नो उम्मेदवार उठाउने छ । यस्तै नुवाकोट १ सिन्धुपाल्चोक १ बागलुङ २ मा माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाउने छ ।

माओवादीको समर्थनमा एमालेले एकलौटी रुपमा उम्मेदवार उठाउने जिल्लामा डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला, मनाङ, मुस्ताङ, म्याग्दी, पाँचथर, संखुवासभा, ओखरढुंगा, खोटाङ, दोलखा, रसुवा र धादिङ रहेको छ ।

यस्तै एमालेको समर्थनमा माओवादीले एकलौटी रुपमा उम्मेदवार खडा गर्ने जिल्लामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, गोरखा, रोल्पा, रुकुम पूर्व, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, र पश्चिम रुकुम रहेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up