उत्तर कोरियाको आनविक परिक्षणले त्रसित ‘अमेरिकाले अन्नत युद्धको आगो सल्कायो’

उत्तर कोरियाको लगातार आणविक परमाणु परिक्षणले आजित बनेको अमेरिका अन्तत युद्दको तयारीमा लागेको समाचार बाहिरिएको छ | उत्तर कोरियाली विदेशमन्त्री री योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युद्धको आगो सल्काएको’ आरोप लगाएका छन् । रूसी समाचार संस्थाले रीलाई उद्धृत गर्दै जनाएअनुसार गतमहिना राष्ट्रसंघीय महासभामा दिएको भाषणपछि ट्रम्पले युद्धको आगो सल्काएका हुन् ।

किम जोङ्ग उन र अमेरिकी रास्ट्रपति डोनाल्ट ट्रम्प बीच सम्बादबाटै एकले अर्कालाई छेड्ने गरेका थिए | रूसी समाचार संस्था ताससँगको अन्तरवार्तामा रीले भने, ‘राष्ट्रसंघीय महासभामा ट्रम्पको झगडालु र पागल भनाइले यो भन्न सकिन्छ कि, अमेरिकाविरुद्धको युद्धको आगो सल्किएको छ ।

ट्रम्पले गतमहिनाको सम्बोधनका क्रममा अमेरिका वा मित्रशक्ति देशको रक्षा गर्न उत्तर कोरियालाई ‘पूर्णरूपमा ध्वस्त पार्ने’ धम्की दिएका थिए । एक प्रश्नको जवाफमा रीले अमेरिका र उत्तर कोरियाबीच कुनै पनि हालतमा वार्ता हुन नसक्ने जनाए ।

उनले भने, ‘अमेरिकाको बढ्दो सैनिक दबाब र प्रतिबन्धका कारण यो विल्कुल वार्ताका लागि अनुकूल समय होइन ।’ यसअघि उत्तर कोरियाली हयाकरले अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियामाथि आक्रमण गर्न तयार पारेका योजनासम्बन्धी महत्त्वपूर्ण कागजात चोरी गरेका थिए ।

त्यसमा उत्तर कोरियाली नेता किम जोड उनको हत्या तथा युद्धका समयमा सैनिक रणनीति समावेशसमेत थिए । उत्तर कोरियाली हयाकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरी २ सय ३५ गिगाबाइट अति संवेदनशील तथ्यांक चोरेको हो ।

उत्तर कोरियाले सेप्टेम्बर लगातार ३ वटा हाइड्रोजन बम परिक्षण गरेको थियो | जुन बम हाइड्रोजन मिश्रित पशक्तिशाली आणविक परीक्षणको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ । उत्तर कोरियाको उक्त कार्यकलाप पछि अमेरिका झन् रुस्ट बनेको थियो |

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up