दशैँको टिकाको दिनदेखी यी महिला बेपत्ता

कपिलवस्तु – यहाँ १२ दिनदेखी एक महिला बेपत्ता भएकि छन् । अर्घाखाँची फुदवाङ स्यायी घर भई बुद्धभुमि नगरपालिका वडा न.–९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षकी वसन्ता वि.सि.(केसी) यहि असोज १४ गते (दशैंको टिकाको) दिनदेखि हराएकी हुन ।

बचत समुहबाट लिएको तीन लाख ऋणको बिषयमा सामान्य घरायसी विवाद भएपछि १४ गते साँझ ७ बजेदेखि श्रीमती घरमा नभएको श्रीमान लाल बहादुर केसीले जानकारी दिए । म बिरामी भएको बेला तिन लाख नगदसहित आफुले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान लाल बहादुर के.सी.ले गुनासो गरे ।

उनले भने–“सामान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पना समेत गरेको थिइँन ।” डेढ वर्षदेखी इमिलिया भाडामा बस्दै आएकी उनको श्रमान्ले आफ्नै गाडी चलाउने काम गर्छन । उनको ९ वर्षको एक छोरा छ । पहिले पनि घरमा पैसाको विषयमा सामान्य विवाद हुने गरेको श्रीमानले बताए । आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईंलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले बताए ।

सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको भन्दै श्रीमतीलाई खोजीदिन पुलिस प्रशासन, मानव अधिकारवादी, पत्रकारलगायत सबैलाई आग्रह गरेका छन् ।

घर र माइती पक्ष दुवैबाट खोजी गर्न आग्रह गर्दै इलाका प्रहरी कार्यालय गोरुसिङेमा निवेदन परेको र वसन्ताको खोजी भइरहेको प्रहरी नायव निरिक्षक छमन खत्रीले रातोपाटीलाई जानकारी दिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up