११ घण्टासम्म पागलझैं माटो खोस्रिरह्यो हात्तीले, नजिक गएर हेर्दा रोए मानिसहरु

एजेन्सी। सामाजिक संजालमा अहिले एकदमै भावुक बनाइदिने घटना निकै चर्चित भइरहेको छ । एउटा पोथी हात्तीले निरन्तर माटो खोस्रिरहेको र रोइरहेको यो घटना अहिले अत्याधिक शेयर भइरहेको छ । यो घटनाले आमाको माया कतिसम्म हुन्छ भन्ने देखाएको छ ।

शेयर भइरहेको स्टोरीमा एउटा पोथी हात्ती आफ्नो बच्चालाइक्षर्् बचाउनको लागि लगातार माटो खोस्रिरहेको देखिएको छ । रातको समयमा आफ्नो बच्चासँग जंगल पार गरिरहेको हात्तीलाई त्यो समय समस्या पर्यो जब उसको बच्चा बाटोमा बनेको ठूलो खाल्डोमा खस्यो । यो आमाले आफ्नो बच्चालाई बचाउन निकै संघर्ष गर्नुपर्यो । हात्तीले लगातार एकछिन पनि नरोकी ११ घण्टासम्म खाल्डो खोस्रिरह्यो ।

आत्तिएर खाल्डो खन्दा हात्तीले आफ्नै बच्चामाथि माटो हाल्दै थियो । तर उसले हार मानेन लगातार माटो खोस्रिरह्यो । उसले रातीदेखि बिहानसम्म काटो खोस्रन जारी राख्यो । आफ्नो बच्चालाई बचाउनको लागि उसले यतिसम्म संघर्ष गरेको थियो ।

बिहानसम्म निकै थाकेपछि हात्ती रुन थाल्यो । हात्ती रोएको सुनेपछि नजिकका मानिसहरु त्यहाँ गए । सुरुमा त उनीहरुले बुझ्नै सकेनन् हात्ती किन रोइरहेको छ । केही गाउँलेहरुले हिम्मत गरेर उसको नजिक गएपछि बल्ल कुरा बुझे । आमाको पीडा र संघर्ष देखेर गाउँलेहरु पनि निकै भावुक भए । गाउँलेहरुले हात्तीलाई सहयोग गर्नको लागि उसलाई केरा दिएर उसको ध्यान ताने । यही मौकामा गाउँलेहरुले बच्चालाई बाहिर निकालिदिए । बच्चा सुरक्षित पाएपछि हात्तीले उसलाई लिएर जंगलमा गयो ।

-डिसीनेपालबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up