मालपोत अधिकृत १० हजार घुस लिदै गर्दा पक्राउ

मालपोत अधिकृत १० हजार घुस लिदै गर्दा पक्राउ
जिल्ला मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा १० हजार घुस लिदै गर्दा पक्राउ परेका छन । अख्तियारको टोलीले शर्मालाई उनकै कार्यकक्षमा नगदसहित रंगेहात पक्राउ गरेको जनाइएको छ ।

सेवाग्राहीबाट १० हजार रुपैँया घुँस लिदैँ गरेको अवस्थामा अख्तियारको टोलीले शर्मालाई समातेको हो । घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी दिएका छन । जग्गा पास गर्ने भनी शर्माले सेवाग्राहीबाट  १० हजार रुपैँया मागेका थिए ।Naya patrika

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up