बाबुरामद्वारा गम्भीर भूल स्वीकार

बाबुराम भट्टराई नेपाली राजनीतिको एक प्रमुख पात्रको रुपमा स्थापित पूर्व माओवादीका बरिष्ट नेता हुन । उनको बारेमा कलम चलाउनेहरु प्राय सवैले लेखि पनि सकेका छन बाबुरामका कथाहरु, माओवादी जनयुद्धकालमा विश्वले प्रचण्ड भन्दा राम्रो बाबुरामलाई चिन्थ्यो, त्यहिवेलादेखि बाबुराम नेपाली बौद्धिक जगत र विद्यार्थी जगतको प्रेरणा पनि बने । यत्रो विद्धवानले किन बन्दुक बोकेको होला ? किन, वौद्धिकता भुटेको होला ? किन माओवादी बनेको होला ? बाबुराम जस्तो विद्धवान युद्धमा ? राष्टिय अन्र्तराष्टिय जगतलाई मात्र होईन निम्न र मध्यम वर्र्गीय नेपाली विद्धत र विद्यार्थी जगतमा बाबुरामका बारेमा यावत जिज्ञाषाहरु थिए ।

रमेश विश्वकर्मा
अहिले भन्न सकिन्छ, सायद बाबुरामले ‘चे’ लाई राम्ररी पढेका थिए, नेपाली राजनीति र सामाजिक चरित्र राम्रोसँग बुझेका थिए । विश्व राजनीति र दक्षिण एसियाली समाजको अवस्थालाई देखेर बाबुरामलाई आफूले पाएको उपाधी बेकार लागे र सामाजिक मुत्तिको बाटो रोजे राजनीति त्यसमा पनि युद्ध राजनीति नेपाली माटो माओवाद जन्माउने यिनै योद्धा प्रचण्ड, बाबुराम, किरण, वादलहरु आज छुटिएका छन ।
तत्कालिन देउवा सरकारले माओवादी माग प्रति आखा चिम्ली दिदा उत्पन्न भएको १० वर्षे जनयुद्ध, विभिन्न चरणमा भएका शान्ति वार्ता, अन्तरिम सरकार, संविधान सभाको पहिलो र दोश्रो निर्वाचन, संविधानसभा मार्फत संविधान घोषणासम्म आई पुग्दा नेपाली राजनीतिमा बाबुरामको महत्वपुर्ण भुमिका रह्यो र बाबुरामको यो नेतृत्वदायी भुमिकाको नेपाली इतिहासले सम्मान गर्ने छ ।

बाबुराम र प्रचण्डमा मात्र सिमित माओवादी भित्रको दुई लाईन संघर्ष चुनवान पश्चात त्रिकोणिय बैचारिक संघर्षमा रुपान्तरित भयो, पालुंनटार, खरिपाटी हुदै धोवीघाटसम्म आई पुग्दा माओवादी भित्रको त्रिकोणिय वैचारिक संघर्ष विष्पोट भयो र पाटीभित्रको एक लाईन माओवादीबाट अलग भयो । योसंगै माओवादी आन्दोलनको विघटन सुरु भयो । माओवादी आन्दोलनबाट सम्बन्ध विच्छेद गरेका वैद्यहरुले केहि समय प्रचण्डलाई देखाउन खोजे तर अहिलेसम्म त्यसको औचित्य पुष्टि न वैद्यले गर्न सके न विप्लवले, माओवादी आन्दोलनको यस्ता कम्जोरीको समीक्षा इतिहासले गर्दै जाला ।

संविधान सभाबाट संविधान घोषणा भएको भोलीपल्ट बाबुराम प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे र प्रचण्डसँग प्रस्ताव गरे अव माओवादी पार्टी विघटन गरौ । यत्रो बलिदानी र विरताको इतिहास बोकेको पाटी, नेपाली राजनीतिमा छुट्टै पहिचान निर्माण गरेको पार्टीलाई विघटन गर्न प्रचण्डको अन्तर्यले मानेन र बाबुरामले यसै लहडमा माओवादी पाटी छोडेको घोषणा गरे । बाबुरामको त्यो निर्णय सहि थियो वा गलत समीक्षा हुँदै जाला । बाबुरामले नेपाली राजनीतिमा आफुलाई जस्तो देखाउन चाहान्थ्ये नेपाली जनताले बाबुरामलाई स्थानीय चुनावमा नपत्याउदा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको प्रयोग गर्ने बाबुरामको योजना विफलसँगै हिजो माओवादी छोड्दा माओवादी पार्टीको औचित्यमाथी प्रश्न उठाउने बाबुराममाथी जनताले प्रश्न उठाई दिए ।

पार्टी परित्यागसँगै बाबुरामले पत्रकार सम्मेलन गरेर माओवादी पाटीलाई रातो स्टिकर लागेको घरको संज्ञा दिदै गर्दा प्रचण्डले पत्रकार सम्मेलन मार्फत आफ्ना शुभचिन्तक र कार्यकर्ताहरुलाई बाबुरामका बारेमा नराम्रो टिप्पणी नगर्न आग्रह गरे ।

बाबुराम जानेर वा नजानेर माओवादीलाई कम्जोर पार्न खोज्ने शत्ति केन्द्रको सिकार बने, जस्तो किसिमको आश्वासन बाबुरामले शत्ति केन्द्रबाट पाएका थिए । नेपाली जनताले ठिक उल्टो परिणाम देखाई दिदा, नयाँ शक्ति पाटी विघटनको राजमार्गमा दौडि रहेको छ, स्वयम बाबुराम नयाँ शक्तिको विघटन देखेर अतालिएका छन ।

बाबुराम कस्तो राजनीतिज्ञ बन्न चाहान्छन र कस्तो राजनीति गर्न चाहान्छन भन्ने कुरा उनले उपेन्द्र यादवको पार्टीसँग पार्टी एकीकरण गरी उपेन्द्रलाई अध्यक्ष मान्ने सहमतिबाटै प्रष्ट हुन्छ । बाबुरामले जुन कुरा प्रचण्डबाट सम्भव देखेन्न तर उपेन्द्रबाट देखे । जुन काम प्रचण्डले गर्न सकेन्न उपेन्द्रको नेतृत्वले गर्छ भन्ने विश्वास गर्दा बाबुरामलाई विश्वास गरेका पुर्व माओवादीहरु नयाँ शक्ति छोडिरहेका छन । हिरा खानीलाई चिन्न नसकेका बाबुराम कोइला खानीमा हिरा खोज्दै गरेकेको देख्दा उनको वौद्धिकता र क्षमतालाई मापन गर्न सकिन्छ ।

प्रचण्ड नाम होईन युग हो, माक्र्सवादको नेपाली बाटो हो, मालेमाको विकशित रुप हो सायद माओवादीहरु विभाजित नभएको भए नेपालमा प्रचण्ड युग निश्चित थियो । माओवादीलाई शक्तिमा देख्न नचाहाने र सधै कम्जोर पारि राख्न खोज्नेले यसलाई राम्रोसँग बुझेका थिए । पहिलो संविधान सभाको चुनावबाट पहिलो शक्ति बनेको माओवादीलाई कम्जोर बनाउनु थियो । माओवादीलाई कम्जोर पार्ने एउटै उपाय थियो पहिलो संविधान सभाको विघटन र दोश्रो संविधान सभाको चुनाव । यो कुरा न प्रचण्डले बझे न बाबुराम न वैद्यले ।

के नेपालमा माओवादी पाटीको औचित्य सकियो भनेर एकजना बाबुरामले घोषणा गर्ने वित्तिकै माओवादको विघटन होला ? तर बाबुरामले यो भन्ने आट आफ्नै क्षमता र विज्ञताले गरेको कदापी होईनन । रगतको पोखरीको बीचबाट जन्मिएको माओवादी आन्दोलनलाई शब्दले औचित्य हिन पार्न खोज्नु बाबुरामको विद्धता भन्दा मुर्खता थियो । बाबुरामको बौद्धिकता भन्दा अज्ञानता प्रष्ट थियो । बाबुराम स्वघोषित गान्धि बन्न चाहान्थे । स्वघोषित माओ बन्न चाहान्थे परिणाम बाबुराम आफु जे सावित गर्न चाहान्थे जनताले गलत प्रमाण्ति गरि दिए । बाबुरामलाई चिन्नसमेत छोडि दिए । माओवादी पार्टीबाट बाहिरिदै गर्दा माओवादको औचित्य माथी प्रश्न उठाउने बाबुरामको नेतृत्व र विचारलाई पहिलो र दोश्रो चरणको स्थानीय चुनावमा जनताले अस्वीकार गरि दिए ।

बाबुरामले सधै आफ्नो सर्टिफिकेटमा घमण्ड गरे । आफ्नो वौद्धिकतामा दम्भ देखाए तर आफ्ना सहयोद्धाहरुको सहि मुल्यांकन गर्न जानेन्न । राम्रो परिणाम जतिको सवै जस आफैले लिन खोजे । बाबुरामले चाहे जस्तो जनताको साथ नपाएपछि उपेन्द्रलाई नेता मान्न तयार हुने बाबुराम नेतृत्वमा असफल भएको पुष्टि भएको छ ।

बाबुराम आफ्नै कारणले बाबुराम बने भन्ने आत्मभ्रममा छन भने त्यो गलत हो सिंगो राष्टिय अन्तराष्ट्रिय समुदायलाई थाहा छ प्रचण्ड र बाबुराम को हुन । बरु प्रचण्ड बाबुराम विना राजनीतिक यात्रामा हिड्दा कम्जोर मात्र बन्लान तर बाबुराम प्रचण्ड विना हिड्दा असफल हुन्छन सिदिन्छन र सँगै हिड्दा बाबुराम प्रचण्ड बलियो मात्र होईन सफल राजनीतिज्ञ इतिहास निर्माता बन्नेछन ।

अहिले बाबुरामले राजनीतिक जिवनको गम्भीर समीक्षा गर्नु पर्ने वेला भएकोछ । बाबुरामले कहाँ बसेर राजनीतिक उचाई हासिल गरे । कोसँग बसेर राजनीतिक उचाई हासिल गरे । एक्लै हिड्दा के भयो ? बाबुरामले प्रदेश र केन्द्रको चुनावमा केहि ठाउँमा जित्लान तर जनतालाई माओवादी पार्टी विभाजित गर्नुको ओचित्यता प्रष्टयाउन सक्दैन्न । त्यसैले, माक्र्सवादी विद्धवान डा. भट्टराईले प्रचण्डसँगै हात मिलाएर आगामी राजनीतिको बाटो तय गर्दा नेपाली राजनीतिमा स्थापित भएका मुद्धाहरुको रक्षागर्न सकिएला ।

एक जना राजनीतिज्ञले आफ्नो जीवनकालमा एउटै राजनीतिक दर्शनको प्रयोग गर्न सक्छ । माक्र्स, लेलिन, एगेल्श, माओ सवै आफ्नो राजनीतिमा अडिग रहदा जनताले विश्वास गर । सात चोटी एउटै चुनाव हार्ने अब्राहम लिंकनलाई जनताले पत्याए । आडम्बरमा राजनीति गर्नु भन्दा गम्भीर समीक्षा सहित प्रचण्डसँगको एकताले बाबुरामको उचाई अझ बढ्नेछ भने प्रचण्डको इज्जत बढ्ने छ ।

बाबुरामले नेपाली समाजमा माओवादी भन्दा अर्को पार्टी र प्रचण्ड भन्दा राम्रो नेतृत्व खोज्नु भनेको समय बर्बाद गर्नु मात्र हो । त्यसैले यति उचो राजनीतिक कद निर्माण गरेको माओवादी पार्टीमा फर्किनु बाबरामले प्रतिष्ठाको विषय बनाउनु पर्ने कारण नै छैन । प्रचण्ड भन्दा राम्रो र अग्लो बनेर देखाउन खोज्नु बाबुराम र माओवादीबाट विभाजित सवैका लागि ऐतिहासिक गल्ति हुनेछ । आउदो संघीय चुनाव र केन्द्रीय चुनाव अगावै सवै विभाजित मनहरु ध्रुविकृत हुदै एक चोटी फेरी माओवादी पार्टीलाई विशाल र शक्तिशाली बनाउ, बाबुरामले यस अभियानको नेतृत्व गरेको देख्न पाईयोस– शुभकामना ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up