‘कुटुमा कुटु’को रेकर्ड तोड्ने सुरमा राजनराज र अञ्जुको अर्को धमाकेदार गीत (भिडियो)

नेपाली चलचित्र क्षेत्रको गीत–संगीतमा आफुलाई अग्रस्थान उभ्याउन सफल संगीतकार राजनराज शिवाकोटीको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ ।

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको गीतमा संगीतकार राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ । चलचित्र ‘पिंजडा ब्याक अगेन’मा समावेश उक्त गीतमा राजनराज शिवाकोटीकै शब्द तथा संगीत रहेको छ ।

राजन र अञ्जुको स्वरमा रहेका धेरै गीतहरुले करोड भन्दा माथीको युट्युब भ्यु पाएको छ । निखिल उप्रेती र सारा सिरपालीलाई फिचरिङ गराईएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेको हुन् ।

ओम साई मौलाकालिका सिने आर्ट र ओम साई झक्त मुभिको संयुक्त प्रस्तुतीमा माघ ४ गर्ने प्रदर्शनमा आउन लागेको सिनेमाको नाम केहि बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘पिंजडा’ बाट लिईएको छ ।

‘पिंजडामा’ निखिलको अलावा निरुता सिंह, रमित ढुङ्गाना, सलोन बस्नेत लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको थियो । तर अहिलेको चलचित्रमा भने निखिल बाहेक अरु सबै नयाँ कलाकारहरुको अभिनय रहने छ ।

रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्रीको लगानीमा बन्न लागेको चलचित्रलाई हिमाल केसीले निर्देशन गर्दैछन् । चलचित्रमा ‘रुद्र’ मा निखिलसँग स्क्रिन सेयर गरेकी नायिका सारा शिरपालीसँगै सुश्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुसाग्र भट्टराई लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

भिडियो हेर्नुहोस:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up