तपाईका बच्चाहरु पनि अन्धा बनाउदै त हुनुहुन्न विवाहित हुनुहुन्छ बच्चा छन अवस्य पढ्नुहोस्

काठमाडौं । ‘आँखा स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौं विश्व दृष्टि दिवस मनाऔं’ नाराका साथ बिहीबार विश्व दृष्टि दिवस मनाइएको छ ।

अहिलेको आधुनिक जीवनशैली, प्रविधि र विद्युतीय साधनहरुको बढी प्रयोगले जुनसुकै उमेरका मानिसको स्वास्थ्यमा पनि प्रतिकुल असर परेको त छ दै छ ,यद्दपी मोबाइल खेल्न नदिए खानै नखाने बालबालिकाको बदलिँदो बानी र भिडियो गेममा बढी लगाव जस्ता कारणले बालबालिकामा आँखाको दृष्टि कमजोर हुँदै गएको चिकित्सकहरुले औल्याएका छन् ।

बच्चा रोयो भने मोबाइलमा गेम खेल्न दिएर फकाउने कतिपय अभिभावकको वानी हुन्छ । बिस्तारै त्यही मोबाइलले बच्चाको आँखाको दृष्टि खोस्दै जान्छ । तत्कालीनरुपमा केहि जटिलता नदेखिए पनि भविष्यमा आँखा सम्बन्धि समस्या मात्र ल्याउदैन अन्धोपनको समस्या समेत आउँन सक्ने सम्भावना रहेको चिकित्सकहरु बताउछन् । यदि बच्चाले टिभी हेर्दाहेदै आँखा बन्द गरेर टाउको हल्लाउन थाल्छ भने पनि त्यो आँखा कमजोर भएको लक्षण हुनसक्छ ।

आँखा पोल्नु, दुख्नु वा आँखाबाट निरन्तर पानी बग्नु पनि आँखा कमजोर भएको लक्षण हो । बिशेषज्ञहरुका अनुसार कुनै रोग नदेखिए पनि एक वर्ष नपुग्दै बालबालिकाको आँखा परीक्षण गर्नुपर्छ । मोतीविन्दु लगायत रोग लागेका त्यो उमेरका बालबालिकालाई तुरुन्तै उपचार नगर्ने हो भने अन्धोपन आउन सक्ने खतरा बढी रहन्छ ।

संवेदनशील अंग आँखाको हेरचाह र उपचारमा ध्यान नपु¥याउँदा नेपालमा आँखाका रोगी बढेका छन् । आधुनिक प्रविधि र विद्युतीय साधनको बढ्दो प्रयोगले बालबालिकाहरुको आँखाको दृष्टि जोखिममा पर्दै गएको छ । यसप्रति अभिभावकहरु बेलैमा सचेत बन्न आवश्यक छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up