ब्रेकिङ न्युज: भिषण आगलागी बाट २३ जनाको मृत्यु, २ सय ८५ जनाभन्दा धेरैको स्थिति अज्ञात

एजेन्सी, २६ असोज । अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको छ ।

वाइन उत्पादनका लागि प्रख्यात उत्तरी क्यालिफोर्नियामा लागेको डढेलोमा २ सय ८५ जनाभन्दा धेरै हराइरहेका छन् । डढेलोले १५ सय भन्दा धेरै घर तथा वाइन बनाउने कारखानाहरु ध्वस्त पारेको छ ।

सान फ्रान्सिस्को शहरबाट उत्तरमा पर्ने क्षेत्रहरु डढेलोको चपेटामा परेका छन । डढेलोका कारण दशौ“ हजार मानिसहरु घर छाड्न बाध्य भएका छन् भने वाइनका लागि लगाईएको अङ्गुर खेतिमा ठूलो क्षति पुगेको छ ।

डढेलोका कारण ९१ हजारभन्दा धेरै घरमा विद्युत आपूर्ती ठप्प रहेको छ । अग्नी नियन्त्रकहरु डढेलो नियन्त्रण गर्न लागि परे पनि डढेलो अझै नियन्त्रण बाहिर रहेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up