डोनाल्ड ट्रम्प संसारकै दुष्ट राष्ट्रपति, उत्तरकोरिया

एजेन्सी। उत्तर कोरियाले अमेरिकाले युद्ध सुरु गरिसकेको भन्दै अब अमेरिका आगोको ज्वालामा जल्नुपर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्री रि यांगले एक रुसी समाचार एजेन्सीलाई दिएको अन्तरवार्तामा यस्तो बताएका हुन् । पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच परमाणु हतियारको विषयलाई लिएर निकै विवाद बढिरहेको छ ।

रुसको सरकारी समाचार एजेन्सी तासलाई दिएको अन्तरवार्तामा मन्त्री रिले भनेका छन् ‘मेरो देशको आणविक कार्यक्रम यो क्षेत्रमा शान्ति सुरक्षाको ग्यारेण्टी हो र यो चर्चाको विषय होइन ।’ उत्तर कोरियाले आफ्नो मिसाइलको क्षमता अमेरिकामा हमलाको लागि बढाइरहेको खुल्लमखुल्ला बताइसकेको छ ।

रिले अन्तरवार्तामा अगाडि भनेका छन् ‘राष्ट्रसंघमा आफ्ना झगडालु र पागलपन भरिएका बयानले ट्रम्पले हामीविरुद्ध युद्धको सुरुवात गरिसकेका छन् तर अन्तिम युद्ध हामी गर्छौं । शब्दले हैन अमेरिकामा आगोको गोला बर्साएर यस्तो गर्नेछौं ।’ यसअघि रिले ट्रम्पलाई दुष्ट राष्ट्रपति भनेका थिए । रिको यो भनाइले उत्तर कोरियाले अमेरिकाबीचको शत्रुता अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up