अब दक्षिण काेरिया का नेपाली कामदारले हाेस्टेल मै बसेर अाफुले चाहेकाे बैंक खातामा पैसा जम्मा गर्न सकिने,

नयाँ बाटो

अब देखि कोरियाबाट रेमिट्यान्स कम्पनी बाट नै नेपालमा पैसा पठाउन पाउने, हुण्डीको कारोबार घट्ने संकेत

दक्षिण कोरिया । कोरियाबाट नेपालमा रेमिट्यान्स कम्पनीमार्फत पैसा जाने भएको छ । बैंकमार्फत मात्रैै रकम पठाउनसक्ने नीति परिमार्जन गर्दै कोरियाले रेमिट्यान्स कम्पनीलाई पनि कारोबारमा भित्र्याएको हो ।

दक्षिण कोरियाली सरकारले साना मनी ट्रान्सफर कम्पनीलाई पनि रकम पठाउने अनुमति दिएपछि त्यसको लाभ नेपालीले पनि उठाउन सुरु गरेका छन् । मनी ट्रान्सफरबाटै रकम पठाउन सकिने भएपछि कोरियाका कार्यारत नेपालीलाई सहज भएको छ । यसअघि कोरियाबट बैंकहरुले मात्रै रकम ट्रान्सफर गर्न पाउँथे ।

अनुमति पाएपछि नेपालमा पैसा पठाउने गरी ग्लोबल मनि एक्सप्रेस (जीएमई) ले पनि सेवा सुरु गरेको छ । अबदेखि यस्ता कम्पनीबाट पनि नेपालमा पैसा पठाउन सकिने छ ।
दक्षिण कोरियाले रेमिट्यान्स कम्पनीबाट विदेशमा पनि रकम पठाउन सक्ने नयाँ व्यवस्था गरेको छ । यसबाट रोजगारीको आकर्षक गन्तव्य कोरियामा रहेका ३४ हजार बढी नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कोरियामा रहेका लाखौं विदेशी कामदारको हितलाई ध्यानमा राखेर कोरियाले यस्तो निर्णय गरेको थियो । रेमिट्यान्स कम्पनीको मोबाइल एप्लीकेशन प्रयोग गरेरै कोरियाबाट आप्रवासी कामदारले आफ्नो घरमा रकम पठाउन सक्ने गरी निर्णय भएको थियो । निर्णयअनुसार नै कोरियाबाट पैसा विदेश पठाउन रेमिट्यान्स कम्पनी दर्ता भएका छन् ।

यसअघि बैंकले मात्र यस्तो सेवा प्रदान गर्ने अनुमति पाएका थिए । यसैका कारण असुरक्षित र अवैधानिक मानिने हुण्डीमार्फत ठूलो रकम नेपाल भित्रिने गरेको छ ।

वैधानिक रुपमा कमाएको धन अवैधानिक तबरले हुण्डी गर्दा धेरै नेपाली ठगिएका छन् भने ठूलो जोखिम मोल्नुपर्ने अवस्था छ । पुरानो नीतिका कारण अबैधानिक तबरले मुद्रा बाहिरिएपछि कोरियाले रेमिट्यान्स नीति खुकुलो बनाएको हो ।
अहिले बीमा कम्पनी, सेयर कारोबार गर्ने कम्पनी, गैह्र बैंक लगायत अन्य कम्पनीले पनि रेमिट्यान्स सेवा प्रदान गर्ने अनुमति दिइएको छ । यो व्यवस्थाअनुसार एकजना व्यक्तिले वर्षमा २० हजार अमेरिकी डलर मात्र विदेश पठाउन पाउने सीमा तोकिएको छ ।

एकपटकमा ३ हजार अमेरिकी डलर अर्थात तीनलाख रुपैयाँसम्म पठाउन सकिने छ । एकपटक पैसा पठाउँदा साढे ६ सय रुपैयाँसम्म शुल्क लाग्नेछ ।

कम्पनी दर्ताको लागि ३ सय मिलियन कोरियन वन चुक्ता पुँजी जम्मा गर्नुपर्ने व्यवस्था छ । कोरियाको यो कदमबाट २० लाख ब्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुने अनुमान छ ।

जीएमईले एलियन रजिष्ट्रेशन कार्ड र कोरियाली बैंकको पासबुक (थोङजाङ) राखेर प्रमाणित गरेपछि होस्टलबाटै बसेर रकम पठाउन सकिने बताएको छ । यस्तो रकम कामदारले चाहेको बैंक खातामा जम्मा गर्न सकिनेछ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up