खतराको संकेत ! अमेरिकाले कोरियाली प्रायद्वीपमा गर्यो शक्तिप्रदर्शन

अमेरिकी सेनाले कोरियाली प्रायद्वीपमा तनाव बढ्दै जाँदा मंगलवार त्यहाँको आकाशमा दुईवटा बम्बर विमान उडाएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाबाट खतरा बढेकाले त्यसलाई प्रतिकार गर्नका लागि आफ्ना शीर्ष अधिकारीहरूसँगको बैठकपछि यो कारबाही गराएका हुन् ।
उत्तर कोरियाद्वारा लगातार क्षेप्यास्त्र तथा अन्य हतियार परीक्षण गरेका कारण संसार नै चिन्तित छ । अमेरिकाले चेतावनी दिइरहँदा उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकामाथि परमाणु आक्रमणको धम्की दिएका छन् ।

हालै उत्तरले जापानको आकाशमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । युद्धविज्ञहरूका अनुसार, उत्तरले तीव्र गतिका साथ क्षेप्यास्त्र तयार गरेर अमेरिकाको भूमिमा आक्रमण गर्न सक्ने क्षमता विकास गरेको छ ।
एजेन्सी

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up