एउटा गरिब बालक कसरी विश्व चर्चित स्ट्राइकर बने?

जर्जे र सिलिया मेसीका छोरा, जसलाई सानै उमेरमा खेलेको जसले देखेका थिए, उनीहरू अझै सम्झन्छन्– उसमा सानैदेखि स्टार बन्ने गुण थियो। ऊ निकै छिटो थियो। निपुर्ण र गोल गर्ने अद्भूत क्षमता भएको। ऊप्रति क्लबहरू पहिल्यैदेखि आकर्षित थिए।

यी फुच्चे स्टारपछि मात्र अर्को भाइको नाम आउँथ्यो, स्थानीय क्लबहरूमा। त्यो नाम थियो, लिओनल अर्थात अन्तर्राष्ट्रिय फुटबलका अहिलेका हस्ति लिओनल मेसीको।

‘रोड्रिगो (लिओनल मेसीका दाजु) निकै होनहार थिए। कुनै समय मान्छेहरू सोच्थे, लिओ (लिओनल) भन्दा पनि ऊ स्तरीय छ’, ओस्कार लोपेज सम्झन्छन्। ओस्कार यी दुवै दाजुभाइका पहिलो प्रशिक्षक हुन्, जतिबेला यिनीहरू रोसारियोको ग्रान्डोली स्पोटर््स सेन्टरको ८ नम्बर धुले मैदानमा फुटबल सिक्थे। ‘तर, रोड्रिगो मानसिक रूपले त्यति बलियो थिएन, जति लिओ मानिन्थे। र, उनी लिओजति फुटबलमा ध्यान पनि दिँदैन्थे।’

ग्रान्डोली अर्जेन्टिनाको आर्थिक रूपले पिछडिएको क्षेत्र हो, जहाँ फुटबलका कारण धनी भएको एउटा परिवारको कहानी लुकेको छ। पट्यारलाग्दो, आत्मअधिकार नभएको, अस्तब्यस्त गाउँ, जहाँका प्रायः स्थानीयबासी जतिबेला पनि रक्सी पिएर मस्त हुन्थे। र, धेरैजसो युवा तथा वयस्क रक्सीको नसाले धुत कुकुरसँगै सुतेको भेटिन्थे। दिनमा चलायमान देखिने यो क्षेत्रमा राति प्रवेश गर्नु ज्यान जोखिममा पार्नुसरह मानिन्थ्यो। त्यसैले स्थानीय व्यक्ति पनि यो गाउँको सीमित क्षेत्रमा राति प्रवेश गर्न डराउँथे।

तर, त्यो गाउँमा दिउँसोको माहौल भने बेग्लै हुन्थ्यो। चलायमान। ग्रान्डोलीको प्रायः ठाउँ दिउँसो फुटबल मैदानमा परिणत हुन्थ्यो, चारैतर्फ फुटबलमा मग्न झुन्ड। मैदानमा अव्यवस्थित घाँसको घारी नै हुन्थ्यो। पहिलो पल्ट यहाँ फुटबल सिक्न आउने केटाहरू बल हिर्काउन होइन, मैदानमा अभ्यस्त हुन आउँथे।

‘ऊ (लिओनल मेसी) ४ बर्षको थियो, जुनबेला हामीले उसलाई आफ्नो टोलीमा समावेश गर्ने निर्णय गरेका थियौं। वास्तवमा त्यो एउटा उमेर समूहको प्रतियोगिता थियो र मलाई टोली तयार पार्न एउटा खेलाडी पुगेन,’ प्रशिक्षक लोपेज सम्झन्छन्– ‘पहिले म उसको आमाकहाँ स्वीकृति माग्न गएको थिएँ। किनभने उसको हजुरआमाले आफ्नो नातीलाई खेलाउने सुझाव मलाई दिएकी थिइन्। तर, उनकी आमा मेरो प्रस्ताव सुनेपछि मज्जाले हाँसिन र भनिन्– हुँदैन। मलाई लाग्छ, उनी त्यतिबेला आफ्नो छोराको लम्बाईबाट परिचित थिइन्।’

लोपेजले त्यो घटना अहिले पनि बिर्सन सकेका छैनन् । भन्छन्– ‘तर, हामीले उनलाई (मेसीकी आमा) मनाइछाड्यौं। यसरी उसलाई पहिलो पल्ट मैदानमा ल्यायौं। बल ऊ बसेको ठाउँ आयो भने बुरुक्क उफ्रिन्थ्यो। बललाई नियन्त्रणमा राख्न खोज्थ्यो र ड्रिब्लिङ गर्ने प्रयास गथ्र्यो। त्यतिबेला ऊ निकै प्यारो देखिन्थ्यो।’

लोपेजका अनुसार मेसीले पहिलो खेलमा गोल गर्नै सकेनन्। ‘तर, उसले दोस्रो खेलमै गोल गर्यो । त्यो दिनदेखि ऊ अहिलेसम्म रोकिएको छैन। सबैजना ऊविरुद्ध खेल्न चाहन्थे।

किनभने ऊ फुच्चे थियो र सबै सोच्थे, उसलाई रोक्न सहज छ। उसले सानैमा आफ्नो मस्तिष्कमा एउटा चित्र कोरिसकेको थियो आफ्नो भविष्यबारे। त्यसैले ऊ जहिल्यै पनि मैदानमा त्यसलाई पुरा गर्न संघर्षरत रहन्थ्यो। ऊ आफ्नै बलबुताले बन्यो। उसलाई सिकाउनु नै आवश्यक थिएन,’ लोपेज भन्छन्।

मेसी फुटबल सामग्री आफ्नो झोलामा राखेर स्कुल लान्थे। कक्षा कोठामा थुप्रै पल्ट समातिए पनि। आफ्ना स्कुले साथीलाई हाफटाइममा कोला (कोकाकोला) को खाली बट्टाले खेल्दै मुर्ख बनाउँथे। घन्टौं बल हिर्काएर बस्थे, जतिबेला उनको दाजु र दिदी खोलामा पौडिन जान्थे।

ग्रान्डोलीदेखि १५ घर पारी पर्छ उनको पारिवारिक घर। बिग्रेको सडक, जसलाई अर्जेन्टिनीहरू गिज्याउने भाषामा भर्खरै निमार्ण भएको सडक भन्ने गर्छन्। अहिले पनि त्यो ठाउँमा उनको परिवारका अन्य सदस्य र नातेदार बस्ने गर्छन्।

इस्टाडो डे इजरायल सडकमा उभिएको दुईतले भवन अहिले पनि सर्वाधिक चर्चामा छ। र, त्यो घरलाई अर्जेन्टिनाका हरेक नागरिकले ध्यान दिने गर्छन्। हाल घरको अगाडि सुरक्षागेटका साथ भिडियो क्यामेरासमेत जडान गएिको छ। घरदेखि ५ मिनेटको बाटो हिँडेपछि केही फुटबल मैदान आउँछ। र, मैदानलाई छिचोले निस्केपछि मेसी पढेको निम्न माध्यमिक विधालय।

‘ऊ कक्षामै बल खेलिरहेको हुन्थ्यो,’ भन्छिन, लास हेरास सरकारी स्कुलका गणित शिक्षिका आन्द्रेयी सोसा– ‘ऊ गणितमा त्यति राम्रो थिएन। तर, उसमा एकाग्रता थियो। कक्षामा कुनै अप्ठेरो नमानी दिएको पाठ पुरा गथ्र्यो। निकै लजालु, कम बोल्थ्यो र कक्षामा सबैभन्दा सानो पनि।’

११ बर्षको उमेरमै उनले पढाइ छोडे। स्कुल छोड्दाको अन्तिम रिपोर्टमा उनले १० पूर्णाकमा ६ अंक ल्याएका थिए, गणित, स्पेनिस र विज्ञान विषयमा। र, संगीत तथा आर्टमा ८ अंक बटुल्दै अहिले बार्सिलोनाको टिसर्टमा आफ्नो नवीनतम सृजनशीतला प्रदर्शन गरिरहेका छन्। उनले शारीरिक शिक्षामा १० मा १० अंक ल्याए। ‘ऊ ६–७ बर्षको हुनुपर्छ, जतिबेला मैले उसलाई पढाएको थिएँ,’ शारीरिक शिक्षाका शिक्षक भन्छन्, ‘उसमा केही न केही विशेषता थियो। स्कुलका थुप्रै बच्चा ब्रेकमा ‘कोला क्यान’ को बट्टाले फुटबल खेलिरहेका हुन्थे। मैले त्यहाँ थुप्रै राम्रा केटा देख्थेँ तर, त्यो हुलमा पनि ऊ अरूभन्दा भिन्न थियो। ऊ स्नेही थियो। जब स्कुल आउँथ्यो, मलाई खोज्थ्यो र भेटेर चुप्पा खान्थ्यो।’

सानोमा मेसीकी आमा झाडु बढाल्ने काम गर्थिन, बाटोमा। बाबु स्टिल फ्याक्ट्रीमा मजदुरी गर्थे। त्यसैले उनको लालनपालन हजुरआमा सोलिया र सानी आमा मार्सेलाले गरे। यिनीहरू सानै उमेरमा मेसीलाई फुटबल मैदान लैजान्थे र उनको राम्रो हेरविचार गर्थे।

युथ फुटबलमा नाम कमाएपछि मेसीलाई पहिलोपल्ट नेवेल्स ओल्ड ब्वाइजमा आबद्ध गराउने काम गरेका थिए, क्लाउडियो भिभासले, जो अर्जेन्टिनी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने अभियानमा रहेका मार्सेलो बिइल्साको सहायकका रूपमा काम गरिरहेका थिए। नेवेल्सको रोसारियोमा अवस्थित मुख्य ट्रेनिङ सत्रमा भिभासले मेसीलाई लिएर जाँदा गार्वियल डिगेरोलामो आफ्नो ‘सेट’ भइसकेको टिमलाई प्रशिक्षण दिन व्यस्त देखिन्थे। त्यसैले उनी सुरुमा मेसीलाई टिममा राख्ने कुराको खिलाफ थिए।

‘त्यतिबेला मैले आफ्नो टोली सेट गरिसकेको थिएँ। त्यसैले मेरो प्रश्न थियो– मैले सेट गरिसकेको टोली भत्काएर यो फुच्चे (मेसी) केटोलाई मौका दिनुपर्ने कारण,’ भिभासको अनुरोधपछि पहिलो प्रश्न थियो, डिगेरोलामोको। उनी त्यो घटनालाई अहिले पनि यसरी सम्झन्छन्, ‘ऊ अर्कै ग्रहबाट आएको प्रतीत हुन्थ्यो। ऊ बललाई यति नजिकै ‘ड्रिबल’ गथ्र्यो लाग्थ्यो, यसका लागि उसले बर्षौ अभ्यासमा बिताइसकेको छ। ऊ पहिलेदेखि नै उस्तै खेल्थ्यो,जस्तो आजभोलि खेल्छ।’

अहिले पनि डिगेरोलामो र उनीजस्ता अनेकन अर्जेन्टिनी प्रशिक्षक मेसीको खेलको कुरा गरेर थाक्दैनन्। उनीहरू पहिलेको मेसी र अहिलेको मेसीमा फरक छुट्याउन घन्टौं समय बर्बाद गर्छन्। अन्त्यमा उनीहरू त्यही फरक निकाल्छन्– पहिले मेसी नेवेल्सको कालो र रातो मिसिएको टिसर्टमा मैदान उत्रिन्थे, अहिले भने बार्सिलोनाको जर्सीमा।

‘मैले उसलाई स्विपरको भूमिकामा खेलाएको थिएँ,’ डिगेरोलामो भन्छन, ‘त्यसैले उसलाई प्रायः कसैले मार्क गर्दैनथ्यो। ऊ बल पाएपछि विपक्षी टोलीको चारैतिर बल खेलाउँदै गोलपोस्टमा पुग्ने गथ्र्यो। ऊ निकै चतुर्याइँका साथ त्यो काम गथ्र्यो। सधैं आकर्षक गोल गथ्र्यो, जसरी अहिले हाफलाइनबाट बल छलाउँदै बार्सिलोनाका लागि गोल गर्छ।’

डिगेरोलामो मात्र एक्लो प्रशिक्षक होइनन्, जसले मेसीलाई अनौठो भूमिकामा प्रस्तुत गरे। इर्नेस्टो भेचियो, जसले डिगेरोलामोपछि मेसीलाई प्रशिक्षण दिएका थिए। फरवार्डको भूमिकामा मेसीलाई तयार पारे। ‘म त्यतिबेला फरवार्ड लाइनमा उसको भूमिकाको विषयमा कुरा गर्न सक्दिनँ। किनभने ऊ निकै सानो थियो र ठिकठाक खेल्थ्यो,’ भेचियो भन्छन्।

तर, बलसँगै उनको लय र गतिका कारण आफूलाई पहिलेदेखि नै मेसीको उज्जवल भविष्यबारे शंका नरहेको भेचियो बताउँछन्। ‘ऊजस्तो प्राविधिक रूपले दक्ष खेलाडीलाई कसैले सिकाइरहनु पर्दैन,’ भचियो भन्छन्,‘जुनबेला उ मेरो टोलीबाट खेल्थ्यो, उसलाई डिफेन्सिभ मिडफिल्डको भूमिका दिइएको थियो। किनभने त्यतिबेला उसको आवश्यकता त्यही महसुस गरिएको थियो। तर, बिस्तारै मलाई लाग्यो, उसको भविष्य फरवार्डमा छ। बदलिएको भूमिकामा पनि उसले मैदानमा चारैतर्फ खेल्न सक्ने आफ्नो खुबीलाई उजागर गरिराख्यो । उसले गजबको प्रदर्शन गर्यो।’

फेरिएको भूमिकामा पनि मेसीले त्यही सिजन १ सयभन्दा बढी गोल गरे। ‘ऊ चाँडै गोल–मेसिनका रूपमा चर्चित भयो। उसले सबै किसिमको गोल गर्यो, टाउकोले पनि। उसले आजभोलि मैदानमा सबैलाई आश्चर्यमा पार्यो भन्दा म खासै चकित हुन्न। किनभने बार्सिलोनाका लागि उसले अहिले जे गरिरहेको छ, त्यो धेरै अगाडि सानैमा यहाँ गरिसकेको छ,’ भेचियोले भने।

भेचियोले उत्पादन गरेको प्रतिभाशाली खेलाडीमा मेसीमात्र पर्दैनन्। गुस्ताभो रोजा पनि मेसीजस्तै प्रतिभाशाली थिए। तर, मानसिक सशक्तीकरण र पारिवारिक समस्याका कारण उनीबीचैमा हराए। ‘लिओनल निकै लजालु र मायालाग्दो थियो । उसले कहिल्यै कसैसँगै झगडा गरेन, न गालीगलौजमै उत्रियो। अहिले पनि उसको स्वभावमा परिवर्तन आएको छैन।

त्यतिबेला मसँग ऊजस्तै अर्को प्रतिभाशाली खेलाडी थियो, गुस्ताभो। बोका (बोका जुनियर्स क्लब) र इन्डिपेन्डेन्ट क्लबले उसलाई खुब रुचाएको थियो। तर, उसको पारिवारिक वातावरण लिओजस्तै थिएन, यसले निकै फरक पार्यो’, उनले भने–‘लिओ अहिले विश्वकै प्रतिभाशाली खेलाडीको रूपमा उदाइसकेका छन तर गुस्ताभोले सकेनन्। मेसी त्यस्तो खराब बस्तीमा जन्मे पनि ऊ कहिल्यै ‘ड्रग्स’ वा रक्सिको कुलतमा फसेन। उसलाई त्यो माहोलमा पनि बिग्रन नदिनुमा परिवारको ठूलो हात छ।’

एकै सिजन १ सय गोल र मायालु स्वभावका कारण मेसीको ख्याती स्थानीयस्तरमा चुलिएपनि उनको शारीरिक उचाइका कारण परिवारका सबै सदस्य चिन्तित थिए। नेवेल्स क्लबका चिकित्सकहरूको सल्लाहअनुसार पिता जर्जे र आमा सेलियाले ९ बर्षका मेसीलाई पहिलो पल्ट बालकहरूको उचाइ बढाउने विज्ञका रूपमा परिचित चिकित्सक डिएगो स्वरास्टेनकहाँ पुर्याएका थिए।

‘मैले उसको पुरै परीक्षण गरेँ । केही परीक्षणपछि यो कुरा प्रष्ट भयो, उसको हार्मोनमा गडबडी छ, जसले बढ्न दिइरहेको छैन,’ चिकित्सक स्वरास्टेन भन्छन्– ‘उसको उचाइ त्यतिबेला कति थियो, त्यो ठ्याक्कै भन्न सक्दिनँ। तर, ऊ निकै होचो थियो। परीक्षणक्रममा ऊ निकै लजाइरहेको थियो। तर, फुटबलको कुरा गर्दै गएपछि बिस्तारै मसँग खुल्न थाल्यो।’

राम्रो उपचार पाएपनि हार्मोनमा देखिएको गडबडीका कारण त्यो रातारात ठिक हुने खालको नभएको बताउँछन, चिकित्सक स्वरास्टेन । ‘हामीले एक बर्ष उसलाई औषधि गरेर हेर्यौँ र महिनापिच्छे परीक्षण गथ्र्यौँ, उसको उचाई बढ्यो कि बढेन भनेर। त्यो उमेरमा एउटा बच्चा बर्षमा ४ सेन्टिमिटर बढ्ने सम्भावना रहन्छ। तर, ऊ निकै ढिलो बढिरहेको थियो। त्यसैले हामीले उसलाई हार्मोनमा भएको गडबडी रोक्ने औषधि दिइरहेका थियौँ।’

स्वरास्टेनका अनुसार प्रत्येक दिन मेसीलाई हार्मोन ठिक गर्ने औषधि चाहिन्थ्यो। ‘सुरुमा उसलाई सुइँ लगाउन आमाले सघाइन्। केही समयपछि एक्लै सुइँ लगाउन आइपुग्थ्यो। सुरुमा ऊ सुई लगाउँदा निकै क्रसित देखिन्थ्यो। मैले आफ्नो चिकित्सा पेसामा कुनै यस्तो बच्चा देखेको छैन, जसलाई पहिलो पल्ट सुई घोप्दा उसको हात नकामेको होस्। तर, जे होस् यसले राम्रो सुधार भइरहेको थियो। औषधिका कारण १–२ बर्षमै ऊ बढ्यो। प्रत्येक तीन महिनामा उसलाई नयाँ जुत्ता र ट्राउजर चाहिने भयो। ऊ निकै दंग थियो। उसको आत्मविश्वास पनि बलियो हुँदै गइरहेको थियो।’

तर, मेसीको बढ्दो आत्मविश्वास र उचाइ त्यतिबेला समाप्त भयो, जब उनको महँगो उपचार गर्न अर्जेन्टिनी सरकार अनिच्छुक देखियो। उनको उपचारका लागि प्रत्येक महिना ५ सयदेखि १ हजार अमेरिकी डलर खर्च लाग्थ्यो, जुन अर्जेन्टिनी सरकारले व्यहोथ्र्यो। तर, त्यतिबेलै अर्जेन्टिनामा आर्थिक मन्दी सुरु भयो र सरकारले मेसीको उपचारका लागि दिँदै आइरहेको सहयोगबाट हात झिक्यो।

‘सन् २००० मा आर्थिक मन्दी सुरु भएपछि दुर्भाग्यबस एक्कासि उसको उपचारका लागि पैसा आउन बन्द भयो’, स्वरास्टेन भन्छन्– ‘निकै समस्या भयो किनभने उसको उपचारको निरन्तरता जरुरी थियो। नेवेल्सले पनि पर्याप्त सहयोग गर्न सकेन। यो घटनाले उसलाई बार्सिलोना जान कति सहयोग पुर्यायो, त्यो म भन्न सक्दिनँ। तर, उपचारको रिन्तरता जरुरी थियो, त्यो आवश्यक थियो। मेरो विचारमा यो परिवारले अर्जेन्टिना छोड्ने निर्णय गर्नुको पछाडि त्यही कारण पनि हुन सक्छ।’

अर्जेन्टिनामा मेसीको उपचार रोकिएपछि जोर्जे र सेलियालगायत मेसी परिवारका अन्य सदस्य अन्तिमपल्ट विचारविमर्शका लागि एउटै टेबलमा थिए। उनीहरूबीच त्यतिबेला देश छोडेर बार्सिलोना जाने विषयमा लामै मन्थन चलेको थियो। बार्का (बार्सिलोना) ले लिओनललाई धेरै पहिलादेखि पछ्याइरहेको थियो, जब यो क्लबका पदाधिकारीले एउटा टेलिभिजन च्यानलबाट उनको खेल हेरेका थिए।

उनीहरूले मेसीको उपचारका लागि सम्पूर्ण खर्च ब्यहोर्ने समाचार दिएपछि परिवारमा अन्यौलता बढेको थियो। त्यतिबेला मेसीको परिवारका एउटा मात्र इस्टमित्रले हुँदैन भनेको भए, मेसीको परिवार बार्सिलोनाको सट्टा रोसारियोमै थन्किने पक्का थियो। तर, परिवारका सवै सदस्यले बार्सिलोनाको प्रस्ताव स्विकार गरे। त्यसपछि विश्वको उत्कृष्ट खेलाडी आफ्नो परिवारसहित उज्जवल भविष्यको खोजीमा बार्सिलोना निस्कियो।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up