विधेयकलाई लिएर सत्तापक्षमै फाटो

विधेयकलाई लिएर सत्तापक्षमै फाटो
नयाँ बाटो,
सताधारी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच उत्पन्न मतभेदका कारण ‘पारित गरियोस्’ भनेर संसदको कार्यसूचीमा राखिएको राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक पारित हुने भएकाे छ।
मन्त्रिपरिषद्
कांग्रेस आफ्नै नेतृत्वको सरकारले पेश गरेको विधेयकको प्रावधानको विपक्षमा उभिएको छ।

उ एकल संक्रमणीय प्रणालीको पक्ष र वामपन्थी गठबन्धन बनाएका माओवादी केन्द्र र नेकपा एमाले विधेयकमा राखिएको बहुमतीय प्रणालीका आधारमा निर्वाचन हुनुपर्ने पक्षमा उभिएका छन्।

कानूनमन्त्री समेत रहेका काँग्रेस नेता यज्ञबहादुर थापाले भने, “संविधानको भावना एकल संक्रमणीय रहने नै हो, त्यसबाट सबै दलको अवस्था अनुसारको प्रतिनिधित्व हुन्छ। बहुमतमा जाँदा राष्ट्रिय सभा एकपक्षीय हुने खतरा हुन्छ।

अडान,
व्यवस्थापिका संसद्को कार्यकाल सकिन लागेका बेला सत्तापक्षमै मतभेद देखिएको हो।

यसअघि कांग्रेससँगको समझदारीमा नै विधेयक ल्याइएको माओवादी केन्द्रको भनाइ छ।
“संसद्”
माओवादी सांसद रामनारायण बिडारीले भने, “गृह मन्त्रालयले पेश गरेको विधेयक सरकारको हो, हामी पनि सरकारधारी भएकाको त्यो ठिक छ भन्ने हाम्रो मत हो।”

उसलाई साथ दिएको प्रमुख प्रतिपक्षी एमालेले पछिल्लो राजनीतिक घटनाक्रमपछि काँग्रेसले विधेयकमा परिवर्तन गर्न खोजेको ठानेको छ।

एमाले सासंद अग्नि खरेलको भनाइ छ, “सरकारले आफ्नो प्रस्तावभन्दा फरक कुरा गरेको छ, संविधानको व्यवस्था भन्दा फरक कानून बनाउन पाइदैन। हामी यसको विपक्षमा छौं।”

ध्रुविकरण,

दलहरुले संविधान अनुकूल भन्दै आआफ्नो ढंगले संविधानिक व्यवस्थाको व्याख्या गरे पनि संविधानमा राष्ट्रिय सभा निर्वाचन प्रणाली ‘संघीय कानून बमोजिम हुने’ उल्लेख छ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेश सभाका सदस्य मतदाता हुन्छन्।

५९ सदस्यीय राष्ट्रिय सभामामा ५६ जना निर्वाचनबाट र ३ जना मनोनित हुने व्यवस्था छ।

त्यसको निर्वाचन कानूनबारे प्रमुख दलबीचको पछिल्लो मतभेदलाई राजनीतिक ध्रुविकरणको प्रभावको रुपमा हेरिएको छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up