‘मुटुकी बिरामी मेरी आमा, ज्वरोले थालिदा सम्म अरुको घरमा भाडा माँझ्न, लुगा धुन छोड्नु भएन’ -बुद्ध लामा (भिडियो सहित)

नयाँबाटो, पोखरा- नेपाल आइडलको उपाधि जितेका बुद्ध लामा आर्थिक रुपमा संघर्षरत परिवारबाट आएका हुन् । तर आज आफूबाट धेरै टाढा, बनायौ किन आमा… यी आफ्नै शब्दलाई बुद्ध लामाले कम्पोज गराइसकेका छन् ।

अन्तरा थपेर अलि परिस्कृत गर्न बाँकी छ । त्यो चाँडै गर्नेछन् किनभने उनलाई जसरी पनि यो गीत एल्बममा समावेश गर्नु छ । यसमा उनका भावनाहरू जोडिएका छन् । प्रेम समेटिएको छ । वास्तविकता उनिएको छ ।

‘मैले लेखेको पहिलो गीत हो,’ नेपाल आइडल बनेपछि व्यस्त रहेका बुद्धले भने, ‘आमाका लागि लेखेको हो । रेकर्ड गर्ने इच्छा थियो । पहिले सकिनँ । अब त जसरी पनि गर्छु ।’ नेपाल आइडल भएर उनले १५ लाख रुपैयाँको एल्बम सम्झौता पाए तर काम भने सुरु भएको छैन । कार पनि हात परेको छैन । बुद्धलाई पीर छ ।

‘घरमा कसैलाई गाडी चलाउन आउँदैन,’ उनले हाँस्दै भने, ‘त्यसबारे पछि सोचौंला । चिन्ता गीतको छ । सधैं अरूको गीत गाएर भएन । आफ्नै गीत गाउनुपर्छ ।’ उनी पहिलो गीत नै फ्लप भएको सोच्न चाहँदैनन् । बरु दह्रै मिहिनेत गर्ने मुडमा देखिए ।

आमामा समर्पित निकै मार्मिक गित बनाउनेमा उनी ढुक्क छन् । उनकी आमा ५३ वर्षकी छन् । बेलाबेला ज्वरो आउने, मुटु दुख्ने समस्या छ । बिरामी भइरहने भएकाले आमा घरमै हुन्छिन् । पहिले उनी अरूका घरमा लुगा धुने, भाँडा माझ्ने गर्थिन् । बुबा पोखरा महानगरपालिकाको क्लिनर !

भिडियोमा हेर्नुहोस आफ्नो दुख र आमाको दुखको दिनलाई यसरी रुदै सम्झेका छन बुद्ध लामाले:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up