नेपाली कम्युनिष्टहरुको एकताप्रति अन्तर्राष्ट्रिय समुदाय चिन्तामा

काठमाडौं । अमेरिकाका लागि पूर्व राजदूत एवं अर्थविद् डा शंकर शर्माले बिदेशमा नेपाली राजदूतहरुको भूमिका निरिह हुने गरेको खुलासा गर्नु भएको छ । उहाँले नेपाली राजदूतहरुले देशको स्वार्थमा काम गर्न नसकेको पनि प्रष्ट पार्नुभयो ।

न्यूज २४ को नियमित प्रस्तुति इस्यु अफ द डेमा कुराकानी गर्दै अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा शर्माले नेपाली कम्युनिष्टहरुको एकतालाई अन्तर्राष्ट्रिय जगतले चासो र चिन्ता दुबैकोरुपमा हेरेको बताउनु भयो । नेपालको भारत र चीनसंगको परराष्ट्र नीतिहरुमा ब्यापक उतारचढाव आउनु नेपालको भूराजनीतिक अवस्थाको लागि सहज नभएको बताउदै पूर्व राजदूत शर्माले पछिल्लो राजनीतिक घट्नाक्रमलाई भारतले गम्भीरतापुर्वक लिएको उल्लेख गर्नुभयो ।

केही दिन अघि मात्र भारत, चीन र अमेरिकाका लागि नेपाली राजदूतहरुसँग संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गम्भीरतापुर्वक छलफल गरेको थियो । पूर्व राजदूत शर्माले नेपाली राजदूतहरुले कुनै पनि दलगत स्वार्थ भन्दा पनि देशको स्वार्थ र राष्ट्रको झण्डा वोकेर काम गर्नु सक्नु पर्ने बताउनु भयो ।

राजनीतिक ध्रुवीकरणले लगानी वातावरण बिग्रन सक्ने अवस्था सिर्जना हुन सक्ने आशँका गदै अर्थविद शर्माले विदेशी लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहन सक्ने बताउनु भयो ।

 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up