केहि महिना अघिको संसार रुवाउने तस्विरहरु यस्तो छ वास्तविकता

नयाँ दंगा सुरु भएको १५ दिनमा झन्डै चार लाख रोहिंग्या मुस्लिम म्यानमारको रखाइन राज्यबाट बंगलादेश बसाइँ सरेको संयुक्त राष्ट्रसंघले बताएको छ । यो संख्या प्रत्येक दिन २० हजारका दरले उकालो लागिरहेको छ । बंगलादेशमा गत वर्षको अक्टोबरदेखि मात्रै तीन लाख ७७ हजार रोहिंग्याले बासस्थानका लागि आवाज उठाइरहेका छन् ।

 

 

 

 

 

 

 


टेक्नाफमा आइपुगेका रोहिंग्या शरणार्थी डुंगामा बस्दै ।
नयाँ आइपुगेका रोहिंग्या अहिले बंगलादेशकै विभिन्न ठाउँमा छरिएर बसेका छन् । ३० हजारभन्दा धेरै रोहिंग्याले कुटुपालोङ र नयाँ पारामा अवस्थित शरणार्थी शिविरहरूमा आ श्रय खोजिरहेको अनुमान गरिएको छ । गाउँमा अस्थायी रूपले बसिरहेकाहरू पनि धेरै रहेको अनुमान गरिन्छ ।

डुंगामार्फत नार खोला पार गरेपछि बंगलादेशको सा पोरिर ड्विनको किनारामा हिँड्दै रोहिंग्या शरणार्थी ।
सैनिक दमनबाट रोहिंग्याहरू आफ्नो देश छाडेर भाग्न थाले । यो क्रम सन् १९७८ बाट सुरु भएको हो र अर्कोपटक फेरि १९९१÷१९९२ बाट सुरु भयो । अहिले झन्डै ३२ हजार शरणार्थी यूएनएचसीआरमा बस्दै आएका छन् । त्यस्तै पाँच लाखभन्दा बढी रोहिंग्या शरणार्थी क्याम्पभन्दा बाहिर बस्दै आएका छन् । अवैधानिक रूपले आएका शरणार्थी मानिसले पाउनुपर्ने सामान्य आवश्यकताबाट समेत वञ्चित छन् ।

म्यानमारमा भएको दमनपछि बेलुखाली, टेक्नाफनजिकै अस्थायी रूपमा बस्दै रोहिंग्या शरणार्थी ।
बंगलादेशी सरकारले रोहिंग्याहरूलाई केही ठाउँमा बस्ने ठाउँको व्यवस्था गरेको छ । तर, ती ठाउँमा पनि उनीहरूको अवस्था एकदमै दयनीय छ ।रोहिंग्या शरणार्थीको विषय दीर्घकालीन समस्याका रूपमा उभिएको छ । तर, अन्तर्राष्ट्रिय समुदायहरू यस विषयमा बोलिरहेका छैनन् । समस्या सुरु भएको ३५ वर्ष पुगिसक्दा समाधान गर्न ढिलो भइसकेको छ ।

रोहिंग्या बच्चा घुम्दुम क्षेत्रमा ।

घुन्दुम क्षेत्रमा आफ्नी आमासँग खेतमा हिँड्दै रोहिंग्या महिला ।

दिउँसोभरि भागेर थकित, निराश र आशाविहीन शरणार्थी महिला अराकनमा । यहाँ उनीहरू जुनसुकै समयमा पनि म्यानमार आर्मी र दंगाहरूबाट मारिन सक्छन् ।

घुन्धुम क्षेत्रमा कुखुरा समाउँदै रोहिंग्या बच्चा ।

म्यानमारबाट बंगलादेश आइपुगेका रोहिंग्या मुस्लिम सा पोरिर ड्विनमा हात धुँदै ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up