पहिलो पटक सागर आले आए फेसबुक लाइभ र खण्डन गरे एपि वान विरुद्ध बोलेको भन्ने खबर

नयाँबाटो, नेपाल आदिबासी जनजाती महासङ्घ बुसानद्वारा हिजो अक्टोबर ३ मा आयोजित कार्यक्रम भव्य सफल भएको छ । जुन सफलताको श्रेय सबैका प्रिय गायक सागर आलेको उपस्थिती र प्रस्तुतीलाइ दिन सकिन्छ ।

नेपाल आइडलको स्टेज सो प्रतिष्पर्धा को क्रममा टेलिभिजनमा मात्र देख्न पाएका कोरियाका नेपालीहरुले सागरलाइ आफ्नो अगाडि प्रत्यक्ष हेर्न सुन्न पाउँदा सबै दर्शकले स्टेज छोड्नै दिएका थिएनन ।

दर्शहरुको त्यस्तो माया देखे पछि उनी केही बेर अचम्ममा पनि परे। आफू फेरि आउने बाचा गर्दै सबैलाइ नरुन भन्दै “म त अब रिसाउछु बोल्दै बोल्दिन रुने मान्छे सङ्ग दिल खोल्दै खोल्दिन मुसुक्क हासिदेउ .. ” गित गाएर दर्शकलाइ फकाएर बिदा भएका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up