वर्खास्त खड्का लाई सुटुक्क घरमा होईन हिनामिना गरेको रकम असुल्नुपर्छ’ डा. केसी

काठमाडौं- भ्रष्टाचार विरुद्धका अभियान्ता त्रिवि शिक्षण अस्पताल, काठमाडौंका चिकित्सक डा.गोविन्द के.सी.ले भ्रष्टाचार र माफियातन्त्रका कारण मुलुकको अवस्था भयावह भएको बताएका छन् आजको नागरिकमा समाचार छ ।

के.सी.ले बर्खास्तमा परेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई थप छानविन गरेर उनले हिनामिना गरेको अर्बौ रुपैयाँ असुलउपर गर्न माग गरेका छन् ।

के.सीले निगमको जग्गा खरिदमा उनीसँग मिलेर अनियमितता गर्नेलाई थप छानविन गर्न माग गरेका छन् । चितवन, भैरहवा, झापा, सर्लाहीमा जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले सोमबार खड्कालाई बर्खास्ती गरेको थियो । मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उनले यस्तो माग गरेका हुन् ।

उनले अनियमिततामा संलग्न सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गर्न माग गरेका छन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up