बुद्ध लामा माथि अन्याय भएको भन्दै पोखरामा भयो यस्तो हंगामा भिडियो

नेपाल आइडलका लागि पोखराबाट अडिसन दिएर उत्कृष्ट ३ सम्मको यात्रा तय गरेका बुद्ध लामाले तीर्थराज पोखरेलसँग संगीत सिकेका छन् ।

परिवार खासगरी दिदी र दाइका कारण गायनमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ । नारायणगोपाल, भक्तराज आचार्य र अनिल सिंहको स्वर मन पराउने उनी पुराना र आधुनिक शैलीका गीत बढी मन पराउँछन् ।

नेपाल आइडलका उत्कृष्ट मध्ये सुरज थापा, निशान भट्टराई र सागर आलेमगरबाट प्रभावित उनी नेपाल आइडलका हरेक क्षण यादगार रहेको बताउँछन् । मेहनत र सबैको मायाले यहाँसम्म आइपुगेको र अब पनि सबैको माया पाउने उनले अपेक्षा लिएका छन्।

एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट सागर आले बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई छन्।

नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने छैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

नेपाल आइडलले अब ३ प्रतिस्प्रधीहरुलाई के के सुरक्षा दिदै छ त ? सम्पूर्ण जानकारी तल भिडियोमा प्रस्तुत गरिएको छ भिडियो हेर्नुहोला ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up