कांग्रेसका दुई नेताले गरे प्रचण्डको प्रशंसा: ”विपीपछिको ठूलो नेता”

बारा । शनिबार सिमरा विमानस्थलमा काँग्रेसका दुई प्रभावशालि नेताको वीचमा थिए माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । प्रचण्ड काँग्रेस नेता रामहरी खतिवडा र चन्द्र भण्डारी काठमाडौं फर्कनका लागि विमानस्थल पुगेका थिए ।

अनौपचारिक कुराकानीमा काँग्रेस नेता भण्डारीले प्रचण्डलाई विपी कोइरालापछिको नेताका रुपमा चित्रण गरे । संविधान बनाउने र कार्यन्वयनमा प्रचण्डले खेलेको भूमिका महत्वपूर्ण भएको काँग्रेस नेताहरुले बताएका थिए । संविधान बनाउने र कार्यन्वयन गर्ने कुरा प्रचण्डका लागि ठूलो कुरा भएको उनले बताए ।

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले चुनाव सम्पन्न हुन लागेकोमा आफु निकै खुसी भएको बताए । उनले भने, ‘धेरै मिहिनेत गरेर मधेशमा चुनावको वातवरण बनेको हो । मधेशमा चुनावको उभार हुँदा खुसी छ । राष्ट्रिय एकता प्रबद्धन भयो । मैले मधेशका लागि धेरै मिहिनेत गरे ।’

तस्वीर सौजन्य: दीपक चुँदाली

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up