निशान भट्टराई इटहरी प्रहरी चौकीमा, कारण यस्तो छ (भिडियो सहित)

ईटहरी, भदौ २८ । नेपाल आईडल फाईनलको संघारमै आईपुग्न लाग्दा उत्कृष्ट ३ मध्येका एक निशान भट्टराई भोट अपिल गर्दै पुर्वका विभिन्न ठाउँ पुग्ने क्रममा आज ईटहरी पनि आईपुगेका छन ।

बिराटनगरमा कार्यक्रम सकेर ईटहरी आईपुगेका उनलाई घण्टौ अघिदेखि फ्यान तथा सुभचिन्तकले पर्खिरहेका थिए । हजारौं फ्यान माझ जब उनी झुल्किए अनि माहौलले अर्कै रुप लियो । कार्यक्रम स्थल आउनु पहिले नै उनले भ्यानबाट आफ्ना फ्यानलाई हात हल्लाउदै आएपछि भने हल्ला र सुसेलिले ईटहरी चोक गुन्जयमान बन्यो ।

उनी स्टेज चडे तर ट्र्याकमा गीत गाउन थाले पछि हल्लाले गर्दा उनले ट्र्याक बिनै मुखले मात्र “यो गाउको ठिटो म” लगायतका गीत गाउदै दर्शक झुमाए भने भोट अपिल पनि गरे । भिड थाम्न नसके पछि उनलाई स्टेजबाट ओराल्न हम्मे-हम्मे पर्यो ।

अन्ततः उनलाई प्रहरी चौकी पुर्याउनु पर्यो । अहिले हामिले प्रहरी चौकी पुर्याईएको भिडियो प्रस्तुक गरेका छौ । उनको प्रस्तुती सहितको भिडियो पनि सार्बजनिक गर्नेछौ । हेर्नुस यो भिडियोमा के-के भयो निशान ईटहरी आउदा :

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up