बलात्कारी बाबा राम रहीमकी छोरी हनीप्रीत नेपालमै भएको प्रमाण भेटियो, भिडियो

काठमाडौं। बलात्कारी बाबा राम रहीमकी छोरी हनीप्रीत नेपालमै भएको प्रमाण भेटिएको हरियाणा प्रहरीले जनाएको छ । हरियाणा प्रहरीले हनीप्रीत नेपालमै भएको भन्दै भारतीइ जासुसी एजेन्सी ‘र’ र नेपाल प्रहरीसँग सहयोग मागेको भारतीय समाचार एजेन्सी ‘एण्डिया न्यूज’जे जनाएको छ ।

नेपाल प्रहरीले भने हरियाणा प्रहरीले सहयोग मागेको बारे कुनै जानकारी दिएको छैन । हनीप्रीत नेपालमा भएकोबारे के प्रमाण भेटियो भन्ने पनि खुलाइएको छैन । तर, हनीप्रीतसँग नेपालमा आदित्य इंसां र अर्का एक जना व्यक्ति पनि साथमै रहेको हरियाणा प्रहरीले दावी गरेको छ ।

यसअघि भारतीय सुरक्षा बलले हनीप्रीत नेपाल भाग्न सक्ने भन्दै सीमामा सुरक्षा बढाएको थियो । यही बीचमा हनीप्रीत नेपालमै भएको प्रमाण भेटिएको बताइएको हो ।

इण्डिया न्यूजको भिडियो रिपोर्ट हेर्नुहोस्:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up