ब्रेकिंग न्युज: ४४ जना यात्रु बोकेको बस एका बिहानै धादिङको विशालटारमा दुर्घटना

धादिङ, भदौ २७ – धादिङको विशालटारमा मंगलबार बिहान बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा लु २ ख ६६३० नम्बरको बस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

काठमाडौंबाट छुटेको गाडीमा ४४ जना यात्रु रहेकोमा ३१ जना घाइते भएका हुन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं वीर अस्पताल लगिएको छ । अरुको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up