डिएसपी पक्राउ भन्ने शिर्षकको समचार गलत र त्यसबारेको खण्डन !

नयाँबाटो, २२ भदौ २०७४ नयाँबाटो डट कममा प्रकाशित ‘भान्जी भन्दै गणित सिकाउने बहानामा परस्त्रीको कोठा धाउने डिएसपी पक्राउ’ शिर्षकको समाचार उपर निज प्र. ना. उ. कृष्ण प्रसाईले समाचार प्रति ध्यान आकर्षित गर्दै उक्त समाचारको सत्यतथ्य पत्ता लगाएर खण्डन गरिदिन नेपाल प्रेस काउन्सिल र यस नयाँबाटो डट कम विरुद्ध निवेदन दिए पछि हाम्रो ध्यान आकर्षण भएको छ !

उक्त समाचार नयाँबाटोका समाचारदाता सुरेन्द्र यादवले नेपाल आजको फेसबुक पेज बाट साभार गरेको खुल्न आयो र सत्यतथ्य नबुझी समाचार पोष्ट गर्ने हाम्रो समाचार दाता सुरेन्द्र यादव लाई आजैका मिति देखि नयाँ बाटो डेस्क बाट निस्कासन गरिएको कुरा सम्बन्धित पक्षलाई जानकारी गर्दै उक्त समाचारको खण्डन गर्दछौँ !

प्र ना उ. कृष्ण प्रसाईको ईज्जत र प्रतिष्ठामा आँच पुर्याउन एक उच्छृंखल व्यक्तिले नियतवस मिति २०७३ साल भदौ ५ गते भान्जी बहिनि र आफुँ एउटा कोठामा बसेको बेलामा बाहिर बाट ताला लगाई डिएसपी बिरुद्ध भ्रामक प्रचार गरेको अनुसन्धान पछि खुल्न आएको र उक्त घटनाको एकवर्ष अघि नै समाधान भैसकेकोले हाम्रो मिडिया निज पिडित सँग क्षामायाचना गर्दै उक्त समाचार गलत भएको कुरा खण्डन सहित प्रकाशित गर्दछौँ ! र उक्त समाचार हटाईएको छ !

प्र ना उ. कृष्ण प्रसाई ज्युले पठाएको खण्डन जस्ताको तस्तै:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up