आफ्ना समर्थकलाई सुरक्षाकर्मीले रोकेपछि मेसीको मन पग्लियो..

अर्जेन्टिनी फटबल स्टार लियोनल मेसीले आफ्ना समर्थकलाई सायदै निराश पारेका होलान् । मैदानभित्र उत्कृष्ट प्रदर्शन गर्दै उनले सधैं आफ्ना समर्थकलाई खसी बनाएका छन् । मैदानबाहिर पनि उनी आफ्ना समर्थकलाई निराश देख्न सक्दैनन् । बिहीबार मेसीसँग सम्बन्धित यस्तै एउटा समाचारले निकै चर्चा पायो ।

मेसी अर्को वर्ष रसमा आयोजना हने विश्वकपको छनोट खेल खेल्न अर्जेन्टिनी टोलीसँगै बिहीबार उरग्वे पुगेका थिए । आफ्ना सहकर्मीसँगै उरुग्वे पुगेका मेसी होटलतर्फ प्रस्थान गर्ने क्रममा थिए । खेलाडीका लागि निकै कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । टोलीका लागि व्यवस्था गरिएको होटलमा प्रवेश गर्नै लाग्दा उनले एक बालकलाई सुरक्षा अघिकारीले हटाउँदै गरेको दृश्य देखे ।

एजेन्सी : अर्जेन्टिनी फटबल स्टार लियोनल मेसीले आफ्ना समर्थकलाई सायदै निराश पारेका होलान् । मैदानभित्र उत्कृष्ट प्रदर्शन गर्दै उनले सधैं आफ्ना समर्थकलाई खसी बनाएका छन् । मैदानबाहिर पनि उनी आफ्ना समर्थकलाई निराश देख्न सक्दैनन् ।

बिहीबार मेसीसँग सम्बन्धित यस्तै एउटा समाचारले निकै चर्चा पायो । मेसी अर्को वर्ष रसमा आयोजना हने विश्वकपको छनोट खेल खेल्न अर्जेन्टिनी टोलीसँगै बिहीबार उरग्वे पुगेका थिए । आफ्ना सहकर्मीसँगै उरुग्वे पुगेका मेसी होटलतर्फ प्रस्थान गर्ने क्रममा थिए । खेलाडीका लागि निकै कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । टोलीका लागि व्यवस्था गरिएको होटलमा प्रवेश गर्नै लाग्दा उनले एक बालकलाई सुरक्षा अघिकारीले हटाउँदै गरेको दृश्य देखे।

ती बालक आफ्ना स्टार खेलाडी मेसीलाई नजिकबाट हेर्न अघि बढ्दै थिए । सुरक्षाकर्मीले फर्काइदिएपछि निकै निराश बनेका ती बालक त्यहीँ रन थाले । आफ्ना समर्थक रोइरहेको देखेपछि मेसीको मन पग्लियो ।

त्यसैले मेसीले सुरक्षाकर्मीलाई ती बालकलाई आफूनजिक आउन दिन अनरोध गरे । त्यसपछि सुरक्षाकर्मीले पनि ती बालकलाई मेसीसँग भेट गर्न दिए । मेसीले बालकलाई केही बेर अंकमाल गरे । उनले ती बालकसँग तस्बिरसमेत खिचाए । बालक पनि खुसी हुँदै फर्किए । मेसीले निराश बन्दै फर्किरहेका आफ्ना समर्थकलाई बोलाएर भेटेको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ ।
मेसी अर्का वर्ष हने विश्वकपमा आफ्नो देशलाई छनोट गराउने मस्किल जिम्मेवारीसहित महत्वपूर्ण खेलका लागि उरग्वे पगेका हुन् ।

१० टोली सम्मिलित छनोट प्रतियोगितामार्फत दक्षिण अमेरिकाबाट चार टोली सिधै विश्वकपमा छनोट हुने प्रावधान छ । तालिकाको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । कोलम्बिया दोस्रो, उरग्वे तेस्रो र चिली चौथो स्थानमा छन् । पाँचौं स्थानमा रहेको अर्जेन्टिनाले विश्वकपमा स्थान सरक्षित गर्न अबका खेलहरू जित्नै पर्ने बाध्यता छ । साथै अर्जेन्टिनाले अन्य टोलीको प्रदर्शनमा समेत भर पर्नपर्ने हुन्छ ।

स्रोत अन्नपुर्ण पोस्ट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up