गतहप्ता सन्यास लिएका इंग्ल्याण्डका पूर्वकप्तान तथा विश्वका चर्चित फुटवलर वायन रुनी पक्राउ

मदिरा सेवन गरि गाडी चलाएको आरोपमा इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान वायन रुनीलाई प्रहरीले प्रकाउ गरेको छ।

इंग्लाण्डको नर्थवेष्टमा रहेको चेसिरेमा मदिरा सेवन गरि गाडी हाकेको आरोपमा रुनीलाई बिहीबार राती प्रहरीले प्रकाउ गरेको हो।

प्रकाउ परेपछि प्रहरीले उनलाई नजिकैको प्रहरी चौकी लगेर सोधपुछ गरि छाडेको समाचारमाध्यमहरुले जनाएको छ।

रुनी राती क्लबबाट आफ्नो घर फर्कनेक्रममा प्रहरीले पक्राउ गरेको थियो। रुनीका प्रवक्ताले भने यस विषयमा कुनै प्रतिक्रिया दिन नचाहेको बताएका छन्।

गएराती क्लबमा रुनी

यसै सिजनमा म्यानचेस्टर युनाइटेड छोडी रुनी पुरानो क्लब इभरर्टन फर्किएका थिए।

रुनीले गत हप्तामात्रै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। उनले खेलेका १ सय १९ खेलमा ५३ गोल गरेका छन्। एजेन्सी।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up