विश्व फुटबलका चर्चित खेलाडी रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास

एजेन्सी: विश्व फुटबलका चर्चित खेलाडी वेन रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। इङ्ग्ल्याण्डका किर्तिमानी फुटबलर रुनीले १४ वर्ष लामो अन्तराष्ट्रिय फुटबलको अनुभव संगालेपछि सन्यासको घोषणा गरेका हुन्।

३१ वर्षीय रुनीले १४ वर्ष लामो अन्तराष्ट्रिय फुटबल जीवनमा इङ्ग्ल्याण्डका लागि ५३ गोल गरेका छन्। उनले पुनः राष्ट्रिय टोलीमा बोलाइएको भए पनि सन्यासको घोषणा गरेको खुलासा गरेका छन्। रुनी म्यानचेष्टर युनाइटेड क्लबका पूर्व कप्तान समेत हुन्।

रुनीले पहिलो पटक इङ्ग्ल्याण्डका लागि सन् २००३ मा खेलेका थिए। उनको जीवनका निम्ति सन् २००४ को युरो फुटबल पहिलो महत्वपूर्ण प्रतियोगिता थियो। गत नोभेम्बरमा बेम्बले रंगशालामा स्कटल्याण्ड विरुद्धको खेल नै उनको कप्तानीमा भएको अन्तिम खेल भएको छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up