एमाले अध्यक्ष केपी ओलीले बुझाए प्रधानमन्त्री देउवा लाई एक करोड

काठमाडौँ । नेकपा एमालेले बाढी तथा पहिरो पिडतको सहयोगार्थ एक करोड रुपैंयाँ सहयोग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका बाढी पीडितहरुका लागि पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा करिव १ करोड रुपैयाँ हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलवार प्रधानमन्त्री देउवालाई पार्टीको प्रतिनिधि मण्डलसहित भेट्न पुगेका ओलीले चेक हस्तान्तरण गरेको थियो । ओलीले एमालेका सांसदहरुको तर्फबाट संकलन भएको ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको चेक प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरे ।

एमालेले यसअघि नै उद्धार र राहतमा खटेका पार्टी कार्यकर्तालाई राहत सामग्री प्रदान गरेको थियो । तराईका १४ जिल्लामा एमालेका जनवर्गीय संगठनहरु राहत सामग्री र चिकित्सक सहित औषधी लिएर परिचालित भएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up