एसपी दुर्गा चन्दको काम लाई सलाम ! यो समाचार पढ्नेहरुले सेयर पनि गर्नेछन

घोराही, ५ भदौ । दाङमा प्रमुख एसपी दुर्गा चन्द सिंहले सर्बसाधारणलाई खुशी पार्ने काम गर्न थालेकी छिन । डिउटीको समयमा घुस लिएको आरोपमा एक जना ट्राफिक प्रहरी जवानलाई एसपी दुर्गा चन्द सिंहले नियन्त्रणमा लिएकी छिन् ।

उनले सवारी जाँचका क्रममा विना रसिद सर्बसाधारणबाट रकम घुस लिएको पत्ता पाए पछी ट्राफिक प्रहरी जवान गोपालराज कुँवरलाई नियन्त्रणमा लिएकी हुन् । कुवरले सवारी जाँचका क्रममा चालकसंग विना रसिद ७ सय रुपैया लिएको नेपालीपत्रमा खबर छ ।

दाङ घोराहीको शहिद गेटमा डिउटीमा खटिएका प्रहरी जवान कुँवर माथि एउटा ट्रकसंग रुटपरमिट नभएको भन्दै दुई सय र एउटा मोटरसाईकल चालकसंग लाईसेन्स नभएको भन्दै पाँभ सय रुपैयाँ असुलेको आरोप छ । जरिवाना भन्दै बिना रसिद रकम असुलेको सूचना आएपछि आफै गएर डिउटीमा खटिएका जवानलाई नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिइन् ।

कुवरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि सोधपुछ गर्दा ७ सय रुपैयाँ असुलेको स्वीकारी सकेको र उनलाई निलम्बन गरिएको एसपी सिंहले जानकारी दिइन् । ६ महिनालाई निलम्बन गरिएको र सो अवधीमा आवश्यक विभागीय छानबीन हुने र त्यसपछि कारबाहीको टुंगो लाग्ने एसपी सिंहको भनाई छ ।

सोमबार बिहान ६ बजेदेखि १० बजेसम्म कुँवरलाई जिल्ला ट्राफिकले शहिद गेटमा डिउटी खटाएको थियो । जिल्ला प्रहरी कार्यालयमा केही दिन पहिले अञ्चल प्रहरी गुल्म भेरीबाट काजमा दाङ आएका कुँवर सोमबार पहिलो पटक डिउटीमा खटिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए । नया ठाउमा कसैले नचिन्ने भए पछी उनले घुस लिन उक्सिएको आशंका गरिएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up