मानवता र सद्भावका लागि सहकार्य भन्दै विपतमा सहयोग गर्न धुर्मुस-सुन्तलिको यस्तो अपिल सेयर गरौँ

हार्दिक अपिल
‘बिपदमा सबै नेपाली जुट्यौं अनिवार्य
मानवता र सद्भावका लागि सहकार्य’
हिमाल पहाड तराई कोही छैनौं पराई । तराईमा अविरल बर्षाका कारण केही स्थान पुरै डुवानमा परेर धेरै जना मानिसहरु पिडामा परेका छन् ।

उहाँहरुको उद्धार तथा राहत वितरणका लागि हामी धुर्मुस सुन्तली फाउण्डेशनबाट त्यसतर्फ राहतका प्याकेज लिएर जाने निर्णय गरेका छौं ।

यदि तपाईहरु पनि ब्यक्तिगत तथा संस्थागत रुपमा सहकार्य गर्न चाहानुहुन्छ भने हाम्रो फाउण्डेशनको सम्पर्क नं. ०१४४८१६२२, ९८४१२२९९१२ मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै सहकार्य गर्न चाहने महानुभावहरुका लागि फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६००७५१३३८०१५ रहेको जानकारी पनि गराउँदछौं ।

आपतमा परेकाहरुका लागि हाम्रो यस अभियानमा तपाईहरुको साथ र सहयोगको अपेक्षा राखेका छौं ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up