सडक गाउँ एरपोर्ट अस्पताल डुबाएर वर्षेनी जनता मराउदै भारत सँग डराउनु पर्ने कारण के छ ? भिडियो

सडक गाउँ एरपोर्ट अस्पताल डुबाएर वर्षेनी जनता मराउदै भारत सँग डराउनु पर्ने कारण के छ ? भिडियो

विराटनगर, २८ साउन । मोरङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने १९ वटा चौपाया मरेका छन् ।

लेटाङ नगरपालिका–१ को मालबाँसेमा पहिरो खस्दा ३७ वर्षीया गोपीमाया तामाङको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पहिरोले दुईवटा घरलाई १०० मिटर तलसम्म बगाएको थियो । पुरिएको अवस्थामा तामाङको शव फेला पारिएको थियो ।

पहिरोले लेटाङ–६ लामिटारका राजेन्द्र चेम्जोङको घर, गोठ बगाएको छ । पहिरोबाट चेम्जोङका तीन गाई, तीन गोरु, छ खसीबाख्रा र छ कुखुरा मरेका छन् भने पाँच कठ्ठा जमिनमा समेत क्षति पु¥याएको छ ।

त्यस्तै, पहिरोले सोही ठाउँका खगेन्द्र सिलवालको टिन र बाँसले बनेको घर पहिरोले धसिएर बस्न नमिल्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ । लेटाङ इलाका प्रहरी कार्यालयबाट प्रहरी उद्धार कार्यमा खटिएको छ ।

यसैबीच, अपराह्न ४ बजेसम्म मोरङमा वर्षा जारी रहेको छ । मोरङका १७ वटै स्थानीय तहका अधिकांश बस्ती डुबानमा परेका छन् । सडकमार्ग कतिपय ठाउँमा भत्किएको छ । यातायात आवागमन पुरै ठप्प भएको छ ।

पहिरो तथा बाढीपीडितको उद्धारका लागि करिब चार हजार ५०० सुरक्षाकर्मी खटिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले विराटनगर डुबानमा परेको छ । दुहबी खोला फुटेर विराटनगर पसेपछि कोशी राजमार्गको पश्चिम क्षेत्र डुबेको छ ।

विराटनगर विमानस्थलमा कम्मर कम्मर (डेढ मिटर) पानी जमेको छ । बिहान ५ बजेदेखि विराटनगरमा हिंडडुल बन्द भएको हो । एयरपोर्ट गेटबाटै खोलाको भंगालो भित्र पसेको छ ।

विराटनगर विमानस्थल डुबानमा परेपछि उडान ठप्प भएको छ । कर्मचारीलाई भुइँतलाका काजगात र सरसामान जोगाउन हम्मे हम्मे परेको छ ।

धावनमार्गमा भने श्री एयरलाइन्सको नयाँ जहाजमात्रै पार्किङमा रहेको छ । यो जहाज शुक्रबार नै विराटनगर आएको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up