बाढी ग्रस्त क्षेत्रमा ध्यान दिनुपर्ने १० कुराहरु जनहितका लागि सेयर गरौँ

जनहितमा जारी

बाढ़ी ग्रस्त क्षेत्रका यी कुराहरु ध्यान दिउँ
१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ ।

२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।

३. एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ ।

४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस ।

५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।

६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।

७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस ।

८. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयाररहनूस!!

९. जिल्लाका स्थानीय सरकार र सुरक्षा निकायका प्रमुखहरू को फ‍ोन राखि तुरून्त उक्त कार्यालयलाई खवर गर्न नभुल्न होस ।

१०. घटनाको जानकारी तुरुन्तै सन्चार माध्यम र सरकारी निकायलाई दिनुहोस् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up