प्रचण्डकी बुहारी विनाले कस्लाई हालिन मुद्दा ?

काठमाण्डु, २६ साउन– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी तथा माओवादी नेतृ विना मगरले आफ्नो चरित्र हत्या गरेको अभियोगमा एक सात्ताहिक पत्रिकाविरुद्ध उजुरी गरेकी छन् ।

पत्रिकाले नियोजित ढंगले आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले घरेलु हिंसामा परेको गलत समाचार प्रकाशित गरको भन्दै उनले दृष्टि साप्ताहिक र त्यसको अनलाइन संस्करणविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी हालेकी हुन् ।

उजुरीमा भनिएको छ, ‘समाचारमा उल्लेख भएअनुसार ममाथि कुनै पीडा भएको भए पत्रिकाले मसँग सोधेर त्यसको सत्यतथ्य बुझी समाचार सम्प्रेषण गर्नुपर्नेमा आफूखुसी मेरो व्यक्तिगत चरित्रहत्या, मानमर्दन र मेरो सामाजिक प्रतिष्ठामा आँच पुर्याउने नियतले उक्त समाचार प्रकाशित गरेर ममाथि नै पीडा थपने काम गरको छ ।’ पत्रिकामा विना घरेलु सिहंसामा परेको आसयको समाचार छापिएको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up