गोविन्द ज्यु लुट्ने हरुको देशमा गरिवका छोराले डाक्टर पढे विदेश को गईदिन्छ ?

नयाँबाटो, नेपालि कलाकारिता जगतमा बिछट्टै नाम कमाएका केदार घिमिरे उर्फ माग्ने बुढा केहि वर्ष यता बिरामी छन ! विस्तारै तन्ग्रिदै गएका माग्ने हल्का फुल्का कार्यक्रम सुटिंग तिर फेरी देखिन थालेका छन् !

दर्शकमाझ निक्कै चर्चित माग्ने र तक्मे जोडीको धित स्रोताले अझै मेटेका छैनन् यी दुई बुढाको जोडी नै पछिल्नो पुस्ताको निक्कै रुचाइएको जोडी हो !

समाजमा घट्ने परिघटनालाई व्यंग्य मार्फत सामाजिक चेताना र मनोरंजन दुबै दिने माग्ने बुढो सामाजिक संजालमा भने त्यति अगाडी छैनन् ! यसै सन्दर्भमा आज उनले फेसबुकमा अनसनरत डा गोविन्द केसी लाई व्यंग्य गर्दै अरु केसी कोहि पनि अनसन बस्दैनन तिम्लाई बिरामी जाँचेर पैसा कमाउन छोडेर कसकालागि अनसन बस्नुपर्याछ भन्दै स्टाटस लेखेका छन् जो यस्तो छ:

भूबन केसी अहिले सम्म अनसन बस्या सुन्या छैन , किरण केसी पनि छैन , सुस्मिता केसी पनि छैन, यी गोबिन्द केसी चैं किन जान्ने भएर अनसन बस्या ?

डाक्टर भएसी खुरुखुरु बिरामी जाँच्नु , महंगा महंगा औसधि सिफारिस गर्नु , त्यसबाट आउने कमिशन खल्तीमा हाल्नु , सरकारी अस्पतालमा काम गर्नु,बिरामीलाइ यस्सो आँखा सन्काएर आफ्नै क्लिनिक तिर डाक्नु , त्यताबाट कमाउनु |

कमाउनु पनि छैन खानु पनि छैन, भोकै बस्या छ, कसरि हुन्छ ? अरुको छोरा छोरीले ३५ लाखमा डाक्टर पढून कि ७० लाखमा पढून के मतलब ? गरिबले किन पढ्नु पर्यो ? ति माग्नेका सन्तानले |

त्यत्रा म्यानपावर छन् तिनले चैं काम पाउनु परेन ? सबै डाक्टर हुन थाले भने ५५ डिग्रीको तातो घाममा कल्ले काम गर्छ ? तिमि गएर गर्छौ बुढा ? अरबियन देशमा नेपालीको कति धेरै माग छ , हेर है गोबिन्द केसी म्यानपावरको काम ठप्प पार्ने काम चैं नगर नि भन्द्या छु |

गरिबका छोरा छोरी पनि डाक्टर हुन थाले भने ट्रयाक्टर कल्ले चलाउने ? मिनिबस कल्ले चलाउने ? खलासी को बस्नी ? तिमि बस्छौ ? |

मेडिकल कलेजबाट कति मालामाल भैराकाछन् भोलि तिनका गोजीमा कल्ले पैसो हाल्दिन्छ ? तिमीले हाल्दिन्छौ ? हेर गोबिन्द मैले भन्या मान , यो देश लुट्ने खाने देश हो, त्यसैले आफुपनि लुट्न तिर लाग |

बरु एउटा पार्टीको झोला बोकन, स्वास्थ्य मन्त्रि पक्का ल | तिम्रा पनि परिवार होलान , तिनको पालन पोषण तिर लाग , जगतको भलो तिर लागेर आफ्नो स्वाथ्य नबिगार |

 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up