नेपालको पहिलो आइडल सागर नै बन्छ -आमा सागर भन्दा राम्रो गाउछन दाई साजन भिडियो

नेपाल आइडलले बजार तताईरहेकै बेला उदयमान गायक तथा नेपाल आइडलका सम्भावित विजेता सागर आलेको चर्चा परिचर्चा अहिले खुब चलिरहेको छ । नेपाल आइडलको सम्भावना बोकेका सागरलाई दर्शकले नेपाल आइडलको दाबेदार भन्न थालिसकेका छन् ।

सागर आलेकी आमा र दाई सँगको कुराकानी भिडियोमा:

सागर आले सबै खाले गीत गाउन सक्ने मेधावी व्यक्ति हुन । उनि क्लासिकल, पप , रक तथा लोक विधाको गीत समेत गाउन माहिर छन् ।

सागर आलेको बारेमा के भन्छन उनका भिनाजु:

नेपाल आइडलको Top ७ मा सागर पुगेपछि चितवनका हजारौं संगीत प्रेमी युवाहरु उत्साहित छन् । हरेक तह र तप्काबाट सागरलाई साथ र सहयोग मिलिरहेको छ । पटिहानी चितवन निवासी नेपाल आईडलको टप सेभेनमा प्रतिस्पर्धा गरि रहेका सागर आले टप १२ देखि दर्शकको भोटिङको आधारमा छनोट हुदै आएका सबैमध्येका बलिया प्रतिस्पर्धी हुन् ।

सालैजो भाका

उनी अहिलेसम्म एक पटक मात्र डेन्जर जोनमा परेका छन् । उनलाई नेपाल आईडल भएको हेर्न दर्शकहरु व्यग्र प्रतिक्षामा छन् । तर सबैले धेरै भन्दा धेरै भोटिङ नगरेसम्म सागर नेपाल आईडल बन्न सक्दैनन् ।

पटिहानीको माटोमा जन्मिएका सागरले आफ्नो बल, बुद्दि र मेहेनतले संघर्ष गर्दै यहासम्म आइपुगेका छन् । नेपाल आइडलमा सागरको पर्फर्मेन्स एकदमै प्रसंसनिय रुपमा अगाडी बढेको छ ।

सागर आलेलाई अझै अगाडी बढेको देख्न चाहानु हुन्छ भने भोट गर्न मोबाईलको म्यासेज बक्समा गई १३ टाईप गरि ३५२२५ मा पठाउन सकिने छ । यस्तै विदेशमा बस्ने दर्शकहरुले नेपाल आईडलको मोबाईल एप्लीकेशन डाउनलोड गरेर पनि सागरलाई भोट गर्न सकिनेछ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up