प्रविणका बाबु भन्छन, मेरो एक्लो छोरोलाई प्रहरीले गोलि हानी कौशिबाट ढलायो म माथि अन्याय भयो (भिडियो)

साउन २३, ललितपुर। ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ । सोमबार गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीको उपचारको क्रममा मृत्यु भएको हो ।

पक्राउ गर्न गएको प्रहरी टोलीलाई आक्रमण गरेपछि जवाफी फायरीङमा उनको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए ।

दुई वटा पेस्तोल भेटिएको छ । महाशाखा प्रमुख एसएसपी अमात्यका अनुसार लागूऔषधको कारोबारमा संलग्न रहेका खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो ।

प्रहरीलाई गोली हान्दै छतबाट हाम फालेर भाग्न खोज्ने क्रममा उनीमाथि प्रहरीले गोली प्रहार गरेको हो । प्रहरीले उपचारको क्रममा मृत्यु भएको बताएपनि घटनास्थलमै उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

तर मृतकका पिता भन्छन्, मेरो सुध्रिसकेको छोरालाई प्रहरी गोली हानी कौशिबाट ढाल्यो, संसारमा अपराध गर्नेहरूलाई कानुन अनुरुप सजाय दिइन्छ, तर यो कुन सजाय हो? सिधा गोली हानेर मान्छे मार्ने?
हेर्नुस मृतक प्रवीणका पिताको आक्रोश

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up