अर्का गुण्डा नाइके माथि नेपाल प्रहरीको इन्काउन्टर (लाइभ भिडियो)

ललितपुर। ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ । सोमबार गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीको उपचारको क्रममा मृत्यु भएको हो ।

भिडियो यहाँ हेर्नुहोस:

पक्राउ गर्न गएको प्रहरी टोलीलाई आक्रमण गरेपछि जवाफी फायरीङमा उनको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए ।

दुई वटा पेस्तोल भेटिएको छ । महाशाखा प्रमुख एसएसपी अमात्यका अनुसार लागूऔषधको कारोबारमा संलग्न रहेका खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो ।

प्रहरीलाई गोली हान्दै छतबाट हाम फालेर भाग्न खोज्ने क्रममा उनीमाथि प्रहरीले गोली प्रहार गरेको हो । प्रहरीले उपचारको क्रममा मृत्यु भएको बताएपनि घटनास्थलमै उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up