पाल्पाको खेलकुदको ९२ लाख फिर्ता

पाल्पा, २३ साउन । जिल्लामै पहिलो पटक खेलमैदान बनाउन साढे ३ करोड रूपैयाँ आएपनि काम गर्न नसक्दा ९२ लाख रूपैयाँ फिर्ता भएको छ । जिल्लामा माओवादी केन्द्र निकट युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले यसरी रकम पठाएका हुन् । उनका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले अहिलेसम्मको इतिहासमै सबै भन्दा धेरै बजेट जिल्लामा भिœयाएका थिए ।
युवा तथा खेलकुद मन्त्री अन्यत्रको भएपनि स्वकीय सचिव जिल्लाको भएकाले श्रोत सुनिश्चितता कार्यक्रम अन्तर्गत रकम ल्याएका हुन् । उनले ल्याएको बजेट निर्वाचन र अन्तिम समयमा आएकाले काम गर्न केही ढिलाइ भएको हो ।
जिल्लाका अधिकांश विद्यालयमा उक्त बजेट विनियोजन भएको छ । केही क्लवले समेत उक्त रकम पाएका छन् ।
उपभोक्ता समिति मार्फत् काम गरेपनि निर्वाचनका कारण सबैले काम गर्न सकेनन् । तत्कालीन मन्त्री श्रीपालीका स्वकिय सचिव विश्वकर्माले जिल्लामा बजेट आएन भन्नेहरूलाई काम गर्ने अवसर दिएको बताए । युवा तथा खेलकुद मन्त्रालयले गत आर्थिक वर्षमा मैदान स्तरोन्नतिकालागि ३ करोड ४८ लाख रकम जिल्लामा अख्तियारी पठाएपनि ९२ लाख ३५ हजार रूपैया“ फिर्ता हुनु दुःखद पक्ष भएको विश्वकर्माले बताए । खेलमैदान निर्माण श्रोत सुनिश्चितता कार्यक्रम अन्तर्गत यो रकम जिल्लामा भित्रिएको हो । आर्थिक वर्षको अन्तिममा आएकाले अधिकांश विद्यालय, क्लव, समुदायले काम गर्न नसक्दा बजेट फिर्ता भएको जिल्ला समन्वय समितिले जनाएको छ । विभिन्न विद्यालय तथा युवा समूहका लागि ४ देखि १० लाख रूपैया“सम्म बजेट आएको थियो । जिल्ला समन्वय समितिका अनुसार निकासा असारमा मात्रै भएकाले अधिकांशले काम गर्न नसक्दा ठूलो बजेट फिर्ता गएको हो । यम्घाको भगवती निमाविमा खेलमैदान निर्माण तथा सोही गाउ“मै भलिवल खेल मैदान निर्माण गर्न चार÷चार लाख रूपैया“ आएको थियो । कालिका माविको खेलमैदान निर्माण गर्न पालुङमैनादी र भगवती मावि खेलमैदान निर्माणकालागि सोमादीकालागिसमेत पा“च÷पा“च लाख बजेट आएको हो ।
कचलको देवीस्वारी मावि खेलमैदान निर्माण र तानसेनको पद्म पव्लिक मावि खेलमैदान निर्माण गर्न पनि पा“च÷पा“च लाख बजेट आएको थियो । जिल्ला समन्वय समितिका अनुसार भलायटार यूवा समूह रामपुर नगरपालिका, ३ मा भलायटार खेलमैदान निर्माण गर्न १० लाख आएको हो । कसेनीको फुटबल मैदान निर्माण निर्माण स्टेडियम सहित खेलमैदान निर्माण गर्न ८ लाख बजेट थियो । तिनाउ गाउ“पालिका अन्तर्गत दोभान र कचलको साविक ६ मा खेलमैदान निर्माण गर्न पा“च÷पा“च लाख बजेट आएको थियो ।
तिनाउकै कोलडा“डामा खेलमैदान निर्माण गर्नसमेत पा“चलाख आएको हो । तत्कालीन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माको पहलमा यहा“ श्रोत सुनिश्चितता कार्यक्रम अन्तर्गत खेलकुदका लागि बजेट परेको हो । साविकको सिद्धेश्वर, ६ मा खेल मैदान बनाउन १० लाख बजेट थियो ।
यस्तै, बगनासकाली गाउ“पालिका अन्तर्गतको चापपानीस्थित सतिघा भलिवल खेलमैदान निर्माण साथै कटौजेपानी खेलमैदान निर्माण मुझुङकालागि पा“च÷पा“च लाख बजेट विनियोजन भएर आएको थियो । निस्दी गाउ“पालिका अन्तर्गत साविकको गल्धा, ३ मा खेलमैदान निर्माण साथै बगनासकालीको पोखराथोकस्थित कमेरेघारी खेलमैदान निर्माणकालागिसमेत पा“च÷पा“च लाख रूपैया“ थियो । यस्तै, रैनादेवी छहरा अन्तर्गतको रैनादेवी मावि खेलमैदान भुवनपोखरीका लागि १० लाख बजेट विनियोजन भएको थियो ।
तानसेनको देववाणी मावि खेलमैदान, भैरव जनता माविमा खेल मैदान निर्माण तथा मर्मत, माथागढी गाउ“पालिका अन्तर्गतको साविक झडेवा ५ मा खेलमैदान निर्माणका लागि समेत पा“च÷पा“च लाख बजेट आएको हो । रिब्दीकोट गाउ“पालिकाको साविक ख्याहा, ८, तानसेनको जनता नमुना मावि खेलमैदान मर्मत तथा सुधार, रैनादेवी छहराको साविक शिद्देश्वर, २ सोही गाउ“पालिकाको साविक सत्यवती, ८ मा खेल मैदान निर्माण गर्नसमेत पा“च÷पा“च बजेट आएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले बताए । त्यस्तै, रिब्दीकोटको साविक देउराली, ८ मा क्रिकेट खेलमैदान निर्माण, खस्यौलीमा कभर्डहल निर्माण दिपिआर तथा निर्माण, रैनादेवी छहराको साविक सोमादी, ४ र सोमादी, ६ मा खेलमैदान निर्माण गर्न पा“च÷पा“च रूपैया“ बजेट आएको थियो ।
रिब्दीकोटको पालुङमैनादीस्थित चण्डिका भवानी आधारभूत विद्यालयमा खेलमैदान निर्माण गर्न पा“च लाख बजेट थियो । यस्तै, साविकको तानसेन, १२ मा रामप्रसाद स्मृति खेलमैदान निर्माण गर्न १० लाख बजेट आएको हो । रैनादेवी छहराको सत्यवतीस्थित पानिचौर, बगनासकालीग्को साविक चिर्तुङ्धारा, ९, रैनादेवी छहराकै जनज्योति यूवा क्लव खेलमैदान निर्माण गर्नसमेत पा“च÷पा“च बजेट थियो ।
उता, बगनासकालीको चापपानीस्थित कालिका आधारभूत विद्यालयको खेलमैदान निर्माण, चापपानीकै झिरभन्ज्याङ खेलमैदान निर्माण गर्न पा“च÷पा“च बजेट थियो । यस्तै, बगनासकालीकै दर्लमडा“डाको केवल स्मृति खेलमैदान निर्माण गर्न भने १० लाख बजेट विनियोजित थियो ।
रिब्दीकोटको देउराली, पालुङ्मैनादीस्थित प्रभात मावि, माथागढीको चिदीपानीस्थित सौभाग्य मावि, रम्भा गाउ“पालिकाको रकमादेवी आधारभूत विद्यालयको खेल मैदान निर्माण गर्न पा“च÷पा“च लाख बजेट आएको थियो ।
यस्तै, रम्भा गाउ“पालिकाकै अमृत पब्लिक मावि, बगनासकालीको दर्लमडा“डा मावि, तानसेन, ५ साविकको १३ स्थित लक्ष्मी मावि, परमानन्द वालविद्या आश्रम र बगनासकालीको चापपानीस्थित चन्द्र माविको खेल मैदान निर्माण गर्न पनि पा“च÷पा“च लाख रकम आएको थियो । ‘ढिला बजेट आएपनि हतारहतार काम गरेको देखिएको थियो,’ पालुङ्मैनादीस्थित कालिका माविमा अनुगमनमा पुगेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बासुदेव शर्मा भट्टराईले भने ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up