दाङ्गको खेलकुदको रकम जिल्लामा नआउँदै फ्रिज

दाङ, २३ साउन । दाङ जिल्लाको विभिन्न स्थानहरूमा खेल मैदान व्यवस्थापनका लागि केन्द्रले पठाएको ४० लाख जिल्लामा नआउदै फ्रिज भएको छ । खेलकुद तथा युवा मन्त्रालयले खेल क्षेत्रको विकासका लागि असार १६ गते रकम जिल्लामा पठाउने निर्णय गरेको थियो ।
निर्णयको अख्तियारी जिल्लामा साउन ४ गतेमात्र आइपुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले जानकारी दिएका छन् । असारमसान्त पछि अख्तियारी आएकाले कुनै काम नै नगरी रकम फिर्ता गयो अध्यक्ष डाँगीले भने । जिल्लामा विभिन्न विद्यालयहरूको खेल मैदान, बास्केट बल कोर्ट निर्माणका लागि रकम आएको थियो ।यता दाङ जिल्ला खेलकुद विकास समितिको तुलसीपुर उपमहानगरपालिका वडानम्बर१७बेलझुण्डीमारहेकोजग्गा गौचरण बन्दै गएको छ । वि.स. २०४२ सालमा स्थापना भएको खेलकुद परिषद अन्तर्गतको खेलकुद विकास समितिको जग्गा १५ बिगाहा रहेको छ ।
चारैतिर खेलाडी रदर्शकहरूले भरिनुपर्ने खेल विकास समितिको मैदान गाईगोरु, भैसी र बाख्राले भरिएको हुन्छ । उता खेलकुद विकास समितिका अध्यक्षडिल्ली डाँगीले खेलकुद विकास समितिको जग्गा संरक्षणका लागि स्थानीयहरूले सहयोग नगरेको बताए ।
हाल खेलकुद विकास समितिको जग्गा कब्जा गरेर बसेका सुकुम्वासीहरूलाई हटाउनको लागि स्थानीयहरूको सहयोग नपाउदा निकै असहजभएको बताए ।
उनले भने ‘ स्थानीयहरूको सहयोग नभएपनि खेलकुद विकास समितिकैपहलमा विकास समितिको उत्तरतर्फ घर बनाएका सुकुम्बासीहरूले वर्षायाम पछि आफै हट्ने बताएका छन्’।
उता २०४२ सालदेखि हालसम्म गौचरणमा रहेको जग्गा संरक्षणका लागि उत्तर तर्फ पर्खाल र अन्य स्थानमा तारबार गरिने समेत बताए । चारैतिर अतिक्रमणको चपेटामा परेपछि क्षेत्र नम्बरका सासंदहरूले पर्खाल निमार्णका लागि सांसद विकास कोषबाट ७ लाख सहयोग गरेका थिए ।
त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयले १० लाख बजेट गरी कुल १७ लाखको लागतमा पर्खाल निर्माण गरिएको छ ।
यस क्षेत्रका प्रत्यक्ष र समानुपातिक सभासदहरू बुद्विराम भण्डारी, युवराज ज्ञवाली, भागवत विश्वासी, डिल्लीबहादुर चौधरी र अनारकली मियाको सांसद विकास कोषबाट विनियोजित रकमले पर्खाल निमार्ण गरिएको खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए ।
उता रामपुर गाविसमा रहेका खेलकुद विकास समितिको ४५ बिगाहा जग्गासमेत अतिक्रमण भएकाले अतिक्रमित जग्गालाई संरक्षण गर्नका लागि समेत पहलभइरहेको बताए ।
रामपुरको जग्गाको मालपोत जिल्ला खेलकुद विकास समितिले तिर्दै आएतापनि जग्गा विगतदेखि नै अतिक्रमणकारीहरूले चर्चिदै आएका छन् । जग्गा खेलक्ुद विकास समितिकै मातहतमा ल्याउनको लागि केन्द्रीय टोलीले समेत पटक पटक अनुगमन गर्दै आएको समितिका अध्यक्ष डिल्ली डाँगीले बताए ।
खेलकुद विकास समितिको बेलझुण्डीमा रहेको जग्गामा प्रदेशस्तरी खेलकुद स्टेरियम निर्माणका लागि मन्त्रालयमा विस्तृत प्रस्तावना समेत पेश गरिएको छ ।
‘हालसम्म जग्गा संरक्षण नहुदाँ अतिक्रणमा प¥यो, अब स्टेरियम बनाइएन भनेपर्खाल समेत भत्किन सक्छ, त्यसकारण अनिवार्यरूपमा स्टेरियम बनाउन पहल गर्नुपर्ने अध्यक्ष डाँगीले बताए ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी यसै आर्थिक वर्षमा स्टेरियम निर्माणल कार्यलाई अघि बढाइने भएको छ । उता खेलकुद विकास समितिको जग्गामा स्टेरियम बनाउन सके जिल्लामा खेलकुद प्रचितयोगिताहरू सहजरूपमा सम्पन्न गर्न सकिने तेकवान्दो खेलका सहायक प्रशिक्षक राकेश परियार बताउँछन् ।
१५ बिगाहा जग्गामा हालसम्मपनि खेलकुदका लागि भौतिक पूर्वाधार नहुदाँ खेल सञ्चालनको लागि समेत समस्या हुने गरेको बताए । आर्थिक वर्ष २०७३÷७४ मा दश लाखको लागतमा खेलकुद विकास समितिको कार्यालय अघि पर्खाल गेट निर्माण गरिएको थियो भने ५ लाखको लागतमा मावि हेकुलीको खेल मैदान, ३ लाखको लागतमा बबई गाऊपालिकाको बयालेमा खेल मैदान, घोराही उपमहानगरपालिकाको हापरे थाक्लेमा २ लाख ५० हजारमा खेल मैदान व्यवस्थित गरिएको थियो ।
घोराही कै हापुर डाँडामा ५ लाखको लागतमा खेल मैदान व्यवस्थित गरिएको खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up