कोकाकोला कप : एपेक्स क्वाटरफाइनलमा

आचार्य प्रदीप
बुटवल, २१ साउन । बुटवलमा जारी कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगिता अन्तरगत प्रतियोगिताको दावेदार मध्ये एक मानिएको एपेक्स स्कुल क्वाटरफाइनल पं्रवेश गरेको छ ।

एन्फा टेक्निकल सेन्टर, देवीनगर बुटवलमा भएको रोमाञ्चक प्रि–क्वाटरफाइनल खेलमा एपेक्स स्कुलले सिता मा।वि।लाई १–० ले पराजित गर्न सफल भयो । एपेक्सको जितमा सुशिल केसीले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै शुक्रबार नै भएको अन्य खेलहरुमा नविन उ.मा.वि. सेन्ट जोसेफ इ.बो. स्कुललाई शून्यकाविरुद्ध ३ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । देवदह मदरटङ एकेडेमीले नेपाल एभरग्रीन इ।बो। स्कुललाई पेनाल्टी शुटआउटमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । यसअघि दुवै टोलीले निर्धारित समयको खेल गोलरहित बराबरी खेलेका थिए ।

त्यसैगरी बिहीबार भएको एक मात्र प्रि–क्वाटरफाइनलमा पल इ.बो. स्कुलले शान्ति नमुना मा.वि. लाई पेनाल्टी शुटआउटमा ६–५ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्न सफल भयो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री ९हरि० ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताए । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।
प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up